जित्नै पर्ने दबाबमा चेन्नई

काठमाडौँ। चोट र राष्ट्रिय डिउटीका कारण मुख्य बलर गुमाएको चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा शुक्रबार गुजरात टाइटन्सको सामना गर्दैछ।
११ खेलमा १२ अंक जोडेको ऋतुराज गायकवाडको चेन्नईका लागि यो खेल निकै महत्त्वपूर्ण छ। चेन्नईको प्लेअफम यात्रा अझै सुरक्षित भएको छैन। शुक्रबार गुजरातसँग पराजित भए चेन्नईको प्लेअफमा पुग्ने सम्भावनामा असर गर्नेछ।
दीपक चाहर र महिश पाथिराना चोटका कारण टोलीबाट बाहिरिएका छन्। बंगलादेशका मुस्ताफिजुर रहमान राष्ट्रिय टोलीमा फर्किएका छन्। यस्तो अवस्थामा बलिङको मुख्य जिम्मेवारी तुषार देशपाण्डे र रविन्द्र जडेजाले सम्हाल्ने छन्।
स्पिन डिपार्टमा जडेजाबाहेक मिचेल सान्टनर र मोइन अली छन्। तर, पञ्जाब किंग्सविरुद्धको १६७ रनको जितलाई चेन्नईले जसरी रक्षा गरेको थियो त्यसबाट चेन्नईका समर्थक आशावादी रहनेछन्।
११ खेलबाट ८ अंक जोडेको गुजरातको अन्तिम चारमा पुग्ने सम्भावना कम छ। ३ खेल खेल्न बाँकी गुजरातले अधिकतम १४ अंक हासिल गर्न सक्छ। यस्तो अवस्थामा गुजरातलाई प्लेअफमा पुग्न निकै कठिन हुनेछ। टोलीले पछिल्ला ५ खेलमा एक मात्र जित हात पार्न सकेको छ।





%20(1)-1777447778534.jpeg&w=3840&q=75)









