अन्तर्राष्ट्रिय क्रिकेटबाट मुनरोले लिए सन्न्यास

काठमाडौँ। न्यूजिल्यान्डका विस्फोटक टी–२० ब्याट्सम्यान कोलिन मुनरोले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास घोषणा गरेका छन्।
आईसीसी टी–२० विश्वकपको टोलीमा नपरेकाले ३७ वर्षीय मुनरोले सन्न्यासको यो निर्णय लिएका हुन्। तर, उनले फ्रेन्चाइज क्रिकेट भने खेल्ने छन्।
‘ब्ल्याक क्याप्स (न्यूजिल्यान्ड) बाट खेल्नु मेरो खेल करिअरको सधैँ सबैभन्दा ठूलो उपलब्धि थियो। त्यो जर्सी लगाउनुमा म गर्व महसुस गर्छु,’ उनले भने।
मुनरोले सन् २०२० यता न्यूजिल्यान्ड टोलीबाट कुनै पनि अन्तर्राष्ट्रिय खेल खेलेका छैनन्। उनले पछिल्लो पटक सन् २०२० फ्रेबुअरी २ मा भारतविरुद्ध खेलेका थिए।
मुनरोले अन्तर्राष्ट्रिय क्रिकेटमा ३ हजारभन्दा बढी रन बनाएका छन्। मुनरोले १ टेस्ट, ५७ ओडीआई र ६५ टी–२० खेल खेलेका छन्। जसमा उनले क्रमशः १५, १ हजार २७१ र १ हजार ७२४ रन बनाएका छन्।
मुनरोको नाममा टी–२० क्रिकेटमा ३ शतक र ११ अर्धशतक रहेका छन्।





%20(1)-1777447778534.jpeg&w=3840&q=75)









