बिहिबार, १७ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

चोट बोकेर खेलिरहेका धोनी

बुधबार, २६ बैशाख २०८१खेलपाटी संवाददाता
चोट बोकेर खेलिरहेका धोनी
Loading ad...
mustang rice ad

काठमाडौँ। चेन्नई सुपर किंग्सका पूर्वकप्तान महेन्द्रसिंह धोनी आइतबार पञ्जाब किंग्सविरुद्धको खेलमा नवौँ नम्बरमा ब्याटिङ गर्न आएका थिए। सामान्यतया उनी छैटौँ या सातौँ नम्बरमा ब्याटिङ गर्न आउँछन्।

खेलको पहिलो इनिङ्समा टोलीको कमजोर स्थितिका बाबजुद बलिङ अलराउन्डर मिचेल सान्टनर र शार्दुल ठाकुर धोनीभन्दा अगाडि ब्याटिङ गर्न आएपछि समर्थक र क्रिकेट विज्ञहरूले चर्को आलोचना गरेका थिए।

तर, मिडिया रिपोर्टका अनुसार धोनी ढिलो आउनुको कारण उनको चोट हो। धोनीको खुट्टाको मांसपेशीमा चोट लागेको छ। जसका कारण उनी मैदानमा लामो समयसम्म दौडन सक्दैनन्। त्यसैले उनी नियमित स्थानमा ब्याटिङ गर्न नआएका हुन्।

केही खेलअघि धोनीले ‘नन स्ट्राइकर’ डेरिल मिचेललाई रन लिन अस्वीकार गरेका थिए। मिचेल ‘नन स्ट्राइक’बाट दौडिएर धोनीसम्म पुगेका थिए। त्यसपछि उनी आफ्नै स्थानमा फर्किए। त्यसपछि धोनीको आलोचना भएको थियो। उक्त खेलमा धोनी रनआउट भए। यसलाई धोनीको चोटसँग पनि जोडिएको छ।

धोनीले मैदानमा आउनुअघि औषधि सेवन गरिरहेको र चोट नबढोस् भनेर आफ्नो रनिङ कम गर्ने कोसिस गरिरहेको बताइएको छ। डाक्टरले आराम गर्न सल्लाह दिए पनि धोनीसँग खेल्नुबाहेक अर्को विकल्प छैन।

‘धोनीलाई आराम दिइन्थ्यो,’ टाइम्स अफ इन्डियाले एक स्रोतलाई उद्धृत गर्दै लेखेको छ,‘हामी हाम्रो ‘बी’ टोलीलाई खेलाइरहेका छौँ। धोनीको आलोचना गर्नेहरूलाई थाहा छैन कि उनले यो टोलीका लागि कति त्याग गरिरहेका छन्।’

टोलीका दोस्रो विकेटकिपर ब्याट्सम्यान डेभोन कोन्वे उपलब्ध भएको भए धोनीले केही म्याचबाट आराम लिने थिए। गत फेब्रुअरीमा अस्ट्रेलियाविरुद्धको टी–२० शृंखलाका क्रममा कोन्वे घाइते भएका थिए। यही कारण उनी आईपीएल अघि नै टोलीबाट बाहिरिए।

आईपीएल २०२३ को फाइनलपछि गत जुन १ मा मुम्बईको धीरुभाई अम्बानी अस्पतालमा धोनीको घुँडाको शल्यक्रिया गरिएको थियो। धोनीको शल्यक्रिया डाक्टर दिनशा पार्दीवालाले गरेका थिए। उनले ऋषभ पन्त र टोकियो ओलम्पिकका स्वर्ण पदक विजेता नीरज चोपडाको पनि शल्यक्रिया गरिसकेका छन्।

यस सिजन चेन्नईका धेरै खेलाडी चोटसँग संघर्ष गरिरहेका छन्। कोन्वे यस सिजनबाट बाहिरिइसकेका छन् भने माथिशा पाथिराना पनि चोटका कारण श्रीलंका फर्किएका छन्। तीव्रगतिका बलर दीपक चाहर पनि खुट्टाको चोटका कारण टोलीबाट बाहिरिएका छन्।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

जितेन्द्रको शतकसँगै नेपाललाई ३०६ रनको लक्ष्य

जितेन्द्रको शतकसँगै नेपाललाई ३०६ रनको लक्ष्य

एकै खेलमा रिंकुको ५ क्याच

एकै खेलमा रिंकुको ५ क्याच

ओमानसँग नेपाल ‘ए’ को फराकिलो हार

ओमानसँग नेपाल ‘ए’ को फराकिलो हार

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
रियल फर्किन चाहँदैनन् मोरिन्हो

रियल फर्किन चाहँदैनन् मोरिन्हो

नेयमारको इच्छा– विश्वकपको फाइनल अर्जेन्टिना भर्सेस ब्राजिल

नेयमारको इच्छा– विश्वकपको फाइनल अर्जेन्टिना भर्सेस ब्राजिल

अन्तिम घरेलु च्याम्पियन्स लिग खेलमा चम्किएका ग्रिजम्यान

अन्तिम घरेलु च्याम्पियन्स लिग खेलमा चम्किएका ग्रिजम्यान

पहिलो लेगमै फाइनल पक्का गर्ने योजनामा आर्सनल

पहिलो लेगमै फाइनल पक्का गर्ने योजनामा आर्सनल

रेनुका र सरु किकस्टार्टमा अनुबन्ध

रेनुका र सरु किकस्टार्टमा अनुबन्ध

पासपोर्ट कालोसूचीमा, अध्यक्षलाई छाडेर सुटुक्क क्यानडा पुगे इन्द्रमान !

पासपोर्ट कालोसूचीमा, अध्यक्षलाई छाडेर सुटुक्क क्यानडा पुगे इन्द्रमान !

टिकेन्द्रले ट्रान्सपोर्टबाट खेल्ने

टिकेन्द्रले ट्रान्सपोर्टबाट खेल्ने

जितेन्द्रको शतकसँगै नेपाललाई ३०६ रनको लक्ष्य

जितेन्द्रको शतकसँगै नेपाललाई ३०६ रनको लक्ष्य