अन्तिम खेलमा अनिललाई मौका

काठमाडौँ। नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईंले वेस्ट इन्डिज ‘ए’ विरुद्धको पाँचौँ तथा अन्तिम खेल अनिलकुमार साहलाई मौका दिएका छन्।
वेस्ट इन्डिज ‘ए’ विरुद्धको शृंखलामा उनले राम्रो प्रदर्शन गर्न सकेका छैनन्। ३ इनिङ्स खेलका उनी जारी शृंखलामा फ्लप भइरहेका छन्।
६.६६ को औसत र ८३.३३ को स्ट्राइक रेटमा उनले २० रन मात्रै बनाएका छन्। पहिलो खेलमा ९ बलमा ५ रन बनाएका उनी म्याथ्यू फोर्डेको बलमा कादिम एलीनबाट क्याच आउट भएका थिए।
दोस्रो खेलमा भने उनले ५ बलमा १ रन मात्रै बनाउन सके। ओशान थोमसको बललाई प्रहार गर्ने क्रममा उनी विकेटकिपर आन्द्रे फ्लेचरबाट क्याच आउट भए।
तेस्रो खेलमा १० बल खेलेकका अनिल २ छक्का प्रहार गर्दै १४ रन बनाएर पेभिलियन फर्किएका थिए। गुडाकेश मोटीको बलमा उनी कप्तान रोस्टन चेजबाट क्याच आउट भएका हुन्। त्यसपछि चौथो खेलमा उनलाई देसाईंले आराम दिएका थिए।





%20(1)-1777447778534.jpeg&w=3840&q=75)









