काठमाडौँ। कप्तान ऋतुराज गायकवाडको अर्धशतकसँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा पञ्जाब किंग्सलाई १६३ रनको लक्ष्य दिएको छ।
टस हारेर पहिला ब्याटिङ थालेको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६२ रन बनाएको हो। चेन्नईका कप्तान ऋतुराजले सर्वाधिक ६२ रन बनाए। ४८ बल खेलेका उनले ५ चौका र २ छक्का प्रहार गरे।
अजिंक्य रहाणे २९, समीर रिजवी २१, मोइन अली १५ र महेन्द्रसिंह धोनी १४ रनमा आउट हुँदा डेरिल मिचेल १ रनमा अविजित रहे।