• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
कोशीमाथि मधेशको रोमाञ्चक जित
खेलपाटी संवाददाता
मंगलबार, वैशाख ११, २०८१ खेलपाटी संवाददाता
कोशीमाथि मधेशको रोमाञ्चक जित

काठमाडौँ। वीर गणेशमान सिंह राष्ट्रिय टी-२० च्याम्पियनसिपमा मधेश प्रदेशले कोशी प्रदेशमाथि २ विकेटको रोमाञ्चक जित हात पारेको छ।

जितसँगै ५ खेलबाट ६ अंक बटुलेको मधेश प्रदेश तालिकाको तेस्रो स्थानमा छ भने आफ्ना ४ खेलमा सबै खेल गुमाएको कोशी तालिकाको पुछारमा रहेको छ।

मंगलबार टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको कोशीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९० रन मात्र बनाएको थियो।

समीर कार्कीले २८, सर्वन यादवले २७ र सुजन थपलियाले १६ रन बनाउन बाहेक कोशीका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेका थिएनन्।

कसिलो बलिङ प्रदर्शन गरेको मधेश प्रदेशले कोशीलाई कम योगफलमा रोक्न सफल भएको थियो। मधेशका लागि विशाल पटेल, अविशेक तिवारी, रञ्जित कुमार र प्रदीप पासवानले समान २/२ विकेट लिएका थिए।

जवाफमा ९१ रनको सामान्य लक्ष्य लिएर मैदान उत्रिएको मधेश प्रदेशले दोस्रो ओभरको पाँचौँ बलमा ओपनर शाहील पटेललाई व्यक्तिगत ११ रनको स्कोरमा गुमाएको थियो। तर, खेलले नाटकीय मोड भने पाँचौँ ओभरमा गएर लियो।

पाँचौँ ओभर बलिङ गरेका कोशीका सर्वन यादवले ओभरको दोस्रो बलमा मयन यादवलाई आउट गरे। लगत्तै तेस्रो बलमा राहुल मण्डल र चौथो बलमा अरनिको यादवलाई आउट गर्दै सर्वनले आफ्नो ह्याट्रिक पूरा गर्दा मधेश १८–४ को अवस्थामा पुगेको थियो।

सर्वनले सोही ओभरको अन्तिम बलमा विशाल सुश्लिंगलाई पभेलियन तर्फको बाटो देखाउँदा कोशी खेलमा हाबी बन्न पुग्यो। बलिङबाट लगातार दबाब सृजना गरेको कोशी प्रदेशका लागि दीपेश कँडेलले आठौँ ओभरमा प्रदीप पाशवानलाई समेत आउट गरे ।

२३–६ को अवस्थामा रहेको मधेशलाई चेजमा बनाएर राख्ने क्रममा ओपनर रोहन विक र विशाल पटेलले सातौँ विकेटका लागि ५९ रनको महत्त्वपूर्ण साझेदारी गर्दा मधेशको चेज लयमा फर्कियो।

३७ रन बनाएर ब्याटिङ गरिरहेका विशाल पटेललाई दीपेश कँडेलले आउट गर्दा कोशी प्रदेश पुनः खेलमा फर्किने प्रयासमा देखिएको थियो। यद्यपि एक किनारबाट ओपनिङ ब्याटिङ गर्न आएका रोहन विकले अविजित ३१ रन बनाउँदै मधेशलाई १७ बल बाँकी रहँदा नै २ विकेटको जित दिलाए।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालको लगातार दोस्रो जित
दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालको लगातार दोस्रो जित
सन्दीपले ५ विकेट लिएपछि नेपालको जित
सन्दीपले ५ विकेट लिएपछि नेपालको जित
नेपाल ‘ए’ र आसामबीचको सिरिज बिहीबारदेखि
नेपाल ‘ए’ र आसामबीचको सिरिज बिहीबारदेखि
तिलोत्तमा क्रिकेट लिग असोजमा
तिलोत्तमा क्रिकेट लिग असोजमा
कीर्तिमानी शकिब
कीर्तिमानी शकिब
‘ए’ क्रिकेट टोलीको कप्तानी अनिलले गर्ने
‘ए’ क्रिकेट टोलीको कप्तानी अनिलले गर्ने
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       
मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       
पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा भक्त राना स्मृति चेसको उद्घाटन
पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा भक्त राना स्मृति चेसको उद्घाटन
नारायण देव लोकतान्त्रिक खेलकुद संघको अध्यक्षमा उठ्ने
नारायण देव लोकतान्त्रिक खेलकुद संघको अध्यक्षमा उठ्ने
बंगलादेशसँग दोस्रो हार, उपाधि होडबाट बाहिरियो नेपाल
बंगलादेशसँग दोस्रो हार, उपाधि होडबाट बाहिरियो नेपाल
पहिलो हाफमा बंगलादेशसँग नेपाल २-१ ले पछि
पहिलो हाफमा बंगलादेशसँग नेपाल २-१ ले पछि
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP