ई स्पोर्ट्सका सरोकारवालासँग अन्तरक्रिया

काठमाडौँ। ई स्पोर्ट्स संघ नेपालले यस क्षेत्रमा काम गर्ने सरोकारवालासँग अन्तरक्रिया गरेको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा औपचारिक रूपमा दर्ता भएपछि संघले शनिबार सरोकारवाला सबै पक्षलाई बोलाएर अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रममा ई स्पोर्ट्सको क्षेत्रमा काम गर्ने क्लब, खेलाडी, अभिभावक, गेमिङ कम्पनी र इभेन्ट व्यवस्थापन गर्ने कम्पनीका प्रतिनिधि सहभागी थिए। कार्यक्रममा सहभागी प्रतिनिधिहरूले व्यवस्थित रूपमा ई स्पोर्ट्सका नियमित प्रतियोगिता हुनुपर्नेमा जोड दिँदै खेलाडीलाई खेल्ने वातावरण बनाउन सुझाव दिएका थिए।
डीआरएस गेमिङका म्यानेजर संगिन भट्टराईले नयाँ बनेको संघले खेलाडी खेल्ने वातावरण बढाउनुपर्ने बताए। उनले नयाँ खेलको रूपमा ई स्पोर्ट्समा धेरै समस्या बेहोर्नु परिरहेको उल्लेख गर्दै खेलको वातावरणलाई सहज बनाउन संघले पहल गर्नुपर्ने उल्लेख गरे।

ई स्पोर्ट्स खेलाडी भविष्य ढकालले खेलाडीको आम्दानीको स्रोत बढाउन धेरै भन्दा धेरै प्रतियोगिता आयोजना हुनुपर्ने बताए। उनले खेलाडी सरुवालाई व्यवस्थित बनाउन आवश्यक रहेको औँल्याए।
सहभागी प्रतिनिधिहरूले निजी क्षेत्रको लगानीमा अहिलेसम्म ई स्पोर्ट्स सफलता हासिल गर्न सकिएको बताउँदै अब राज्यको तहबाट लगानी बढाउन आवश्यक रहेको धारणा राखेका थिए।
कार्यक्रममा संघको आगामी कार्य योजना, वार्षिक क्यालेन्डर, नीति र पूर्वाधार निर्माणमा गरिएका पहल र सरकारसँग नीति तथा बजेट निर्माणमा भइरहेको सहरीकरणका बारेमा जानकारी गराइएको थियो।
संघका अध्यक्ष अञ्जन धमलाले कुनै पनि खेलको आधार भनेकै खेलाडीहरू रहने उल्लेख गर्दै सबैसँग सहकार्य गरेर ई स्पोर्ट्सको विकासमा आफूहरू प्रतिबद्ध रहेको बताएका थिए। उनले आफूहरू राष्ट्रिय प्रतियोगिताको तयारीमा जुटेको उल्लेख गर्दै सहभागी प्रतिनिधिसँग सुझावलाई कार्यान्वयन गर्दै अघि बढिने धारणा राखेका थिए।






copy-1761474438174.jpg&w=3840&q=75)


-1761469666142.jpg&w=3840&q=75)

-1761464835584.webp&w=3840&q=75)


-1761446241647.webp&w=3840&q=75)
