पौडीमा नेतृत्व परिवर्तन, जगतमान बने अध्यक्ष

काठमाडौं । नेपाल पौडी संघको अध्यक्षमा जगतमान श्रेष्ठ निर्वाचित भएका छन् ।
शनिबार भएको संघको साधारण सभाले नयाँ नेतृत्वमा जगतमानलाई निर्विरोध निर्वाचित गरेको हो ।
सभाले जगतमानको नेतृत्वमा निर्विरोध नयाँ कार्यसमिति समेत चयन गरेको छ ।
वरिष्ठ उपाध्यक्षमा जयप्रकाश भट्टराई, उपाध्यक्षहरुमा चित्रराज भट्ट, गंगालाल सिंह, जुनाकुमारी कठायत र महासचिवमा ईश्वर कार्की निर्विरोध निर्वाचित भए ।
सचिवमा रञ्जन भट्टराई र गंगालाल गोले, कोषाध्यक्षमा दिलिप वैद्य र सह कोषाध्यक्षमा योगेन्द्रमान श्रेष्ठ निर्वाचित भए ।
सदस्यहरुमा दिपक सागर सिंह, विकास शर्मा, टेकबहादुर थापा, कुमार गिरी, विषन प्रसाद न्यौपाने, भरत तामाङ, जनक थापा, पन्चा सिंह, अनिश महर्जन, उमेर प्रधान, रुपेश मान सिंह, हरेन्द्र यादव, विष्णु खड्का, विजेशमान श्रेष्ठ र शिरिष गुरुङ निर्वाचित भएका छन् ।
अशोकरत्न बज्राचार्यले लामो समय नेपाल पौडी संघको नेतृत्व गरेका थिए । करिब दुई दशक बढी संघमा रहेका अशोकरत्नलाई प्रतिस्थापन गर्दै जगतमान संघको नेतृत्वमा आएका हुन् ।
निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीलाई नेपाल ओलम्पिक कमिटिका प्रतिनिधि रमेश सिवाकोटीले प्रमाणपत्र प्रदान गरेका थिए ।
















