फाइनल प्रवेशका लागि यूएईसँग खेल्दै नेपाल
शुक्रबार, ०७ बैशाख २०८१खेलपाटी संवाददाता

काठमाडौँ। साविक विजेता नेपालले एसीसी प्रिमियर कपको फाइनल प्रवेशका लागि शुक्रबार यूएईको सामना गर्दै छ।
अल अमेरत क्रिकेट ग्राउन्ड (मिनिस्ट्री टर्फ १) ओमानमा हुने खेल नेपाली समय अनुसार बिहान ११:४५ बजेबाट शुरू हुनेछ। नेपालले समूह बी मा शतप्रतिशत जित हासिल गर्दै विजेताको रूपमा सेमिफाइनलमा पुगेको हो।
उता, यूएई भने समूह ए को उपविजेताको रूपमा सेमिफाइनलमा पुगेको हो।





%20(1)-1777447778534.jpeg&w=3840&q=75)









