• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
कीर्तिमानी ‘मुम्बई चा राजा’
खेलपाटी संवाददाता
सोमबार, वैशाख ३, २०८१ खेलपाटी संवाददाता
कीर्तिमानी ‘मुम्बई चा राजा’

काठमाडौँ। इन्डियन प्रिमियर लिग (आईपीएल)मा ‘सुपर सन्डे’ को दोस्रो खेलमा चेन्नई सुपर किंग्सले मुम्बई इन्डियन्सलाई २० रनले पराजित गरेको छ।

यो जितसँगै चेन्नई ८ अंकसहित अंक तालिकाको दोस्रो स्थानमा छ। मुम्बईको टोली आठौँ स्थानमा छ। यो खेलमा भरपुर मनोरञ्जन थियो। एकातिर महेन्द्रसिंह धोनीले लगातार तीन छक्का प्रहार गरे भने अर्कोतर्फ ‘मुम्बई चा राजा’ भनेर चिनिने रोहित शर्माले अविजित शतक प्रहार गरे।

यो इनिङ्समा उनले धेरै कीर्तिमान पनि बनाए। तर, उनले आफ्नो टोलीलाई जित दिलाउन सकेनन्। रोहितले ६३ बलमा ११ चौका र ५ छक्का प्रहार गर्दै १०५ रनको इनिङ्स खेले। त्यसक्रममा तेस्रो छक्का प्रहार गर्दै उनले टी–२० क्रिकेटमा ५०० छक्का पनि पूरा गरे।

टी–२० क्रिकेटमा सबैभन्दा बढी छक्का प्रहार गर्ने उनी भारतका पहिलो र विश्वका पाँचौं खेलाडी बनेका छन्। रोहितको नाममा हाल टी–२० का ४१९ इनिङ्समा ५०२ छक्का छ।

जसमध्ये उनले आईपीएलमा २७२ छक्का प्रहार गरेका छन्। उनीभन्दा अगाडि क्रिस गेल, किरोन पोलार्ड, आन्द्रे रसेल र कोलिन मुनरो छन्। वेस्ट इन्डिजका गेलको नाममा ४५५ टी–२० इनिङ्समा १०५६ छक्का छ।

यस्तै, वेस्ट इन्डिजकै पोलार्डले ५८६ इनिङ्समा ८६० छक्का प्रहार गरेका छन्। आन्द्रे रसेलले ४२० इनिङ्समा ६७८ र न्यूजिल्यान्डका मुनरोले ४०९ इनिङ्समा ५४८ छक्का प्रहार गरेका छन्।  

आईपीएलमा रोहितको यो दोस्रो शतक हो। योसँगै उनले वानखेडेमा आईपीएलमा आफ्नो पहिलो शतक बनाए। यसअघि सन् २०१२ मा हिटम्यानले कोलकाता नाइट राइडर्सविरुद्ध इडेन गार्डेनमा १०९ रनको अविजित इनिङ्स खेलेका थिए।

मुम्बई इन्डियन्सबाट आईपीएलमा यो सातौं शतक हो। रोहित मुम्बईका एकमात्र ब्याट्सम्यान हुन्, जसले आईपीएलमा एकभन्दा बढी शतक प्रहार गरेका छन्। उनीबाहेक सनथ जयसूर्या, सचिन तेन्दुलकर, लेन्डल सिमन्स र क्यामरुन ग्रीनले १/१ शतक प्रहार गरेका छन्।

तर, रोहितको इनिङ्सले मुम्बईलाई मद्दत गर्न सकेन र टोलीले खेलमा हार बेहोर्‍यो। आईपीएलमा कुनै खेलाडीले असफल रन चेजमा शतक प्रहार गरेको यो तेस्रो पटक हो। यसअघि सन् २०१० मा राजस्थान रोयल्सबाट खेलेका युसुफ पठानले मुम्बईविरुद्ध ब्रेबोर्न स्टेडियममा ३७ बलमा १०० रनको इनिङ्स खेलेका थिए।

तर, उनको राजस्थान रोयल्सले हार बेहोरेको थियो। त्यस्तै, २०२१ मा राजस्थान रोयल्सका सञ्जु सामसनले पञ्जाब किंग्सविरुद्ध वानखेडेमा ६३ बलमा ११९ रनको इनिङ्स खेलेका थिए। यो खेलमा पनि सञ्जुको टोली पराजित भएको थियो। 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालको लगातार दोस्रो जित
दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालको लगातार दोस्रो जित
सन्दीपले ५ विकेट लिएपछि नेपालको जित
सन्दीपले ५ विकेट लिएपछि नेपालको जित
नेपाल ‘ए’ र आसामबीचको सिरिज बिहीबारदेखि
नेपाल ‘ए’ र आसामबीचको सिरिज बिहीबारदेखि
तिलोत्तमा क्रिकेट लिग असोजमा
तिलोत्तमा क्रिकेट लिग असोजमा
कीर्तिमानी शकिब
कीर्तिमानी शकिब
‘ए’ क्रिकेट टोलीको कप्तानी अनिलले गर्ने
‘ए’ क्रिकेट टोलीको कप्तानी अनिलले गर्ने
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
बंगलादेशसँग दोस्रो हार, उपाधि होडबाट बाहिरियो नेपाल
बंगलादेशसँग दोस्रो हार, उपाधि होडबाट बाहिरियो नेपाल
पहिलो हाफमा बंगलादेशसँग नेपाल २-१ ले पछि
पहिलो हाफमा बंगलादेशसँग नेपाल २-१ ले पछि
नेपाललाई जितै–जितको दबाब
नेपाललाई जितै–जितको दबाब
सदस्य सचिवसँग कार्यालयमै पुगेर तदर्थ समितिको भेट
सदस्य सचिवसँग कार्यालयमै पुगेर तदर्थ समितिको भेट
लुम्बिनीमा थप दुई विदेशी खेलाडी
लुम्बिनीमा थप दुई विदेशी खेलाडी
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP