रेफ्री विकाससहित ३ जना सम्मानित
बुधबार, २८ चैत्र २०८०खेलपाटी संवाददाता

गोरखा। अन्तर्राष्ट्रिय भलिबल रेफ्री विकास गुरुङसहित ३ जना सम्मानित भएका छन्।
जिल्ला भलिबल संघ गोरखाको आयोजनामा भइरहेको प्रथम गोरखा जिल्ला अन्तरपालिकास्तरिय पुरुष तथा महिला भलिबल प्रतियोगिता २०८० को उद्घाटन समारोहमा उनीहरूलाई सम्मानित गरिएको हो।
गोरखा जिल्लामा जन्मिएरका गुरुङ राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा भलिबलमा नाम कमाउन सफल रेफ्री हुन्। उनी एभीसी अन्तर्राष्ट्रिय भलिबल रेफ्रीसमेत हुन्। उनीसँगै अन्तर्राष्ट्रिय भलिबल खेलाडी धनबहादुर भट्ट, त्रिभुवन आर्मी क्लबका रामचन्द्र कुमाल र दीपबहादुर खड्कालाई पनि सम्मान गरिएको थियो।













-1772594181027.webp&w=3840&q=75)
-1772593857473.webp&w=3840&q=75)

