काठमाडौँ। नेपाल ‘ए’ टोलीले तीन खेलको एक दिवसीय शृंखलाअन्तर्गत आइतबार अन्तिम खेल आयरल्यान्ड उल्भ्ससँग खेल्दै छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान ९:३० बजेबाट शुरू हुने छ। यसअघि बुधबार सम्पन्न खेलमा नेपाल २१ रनले पराजित भएको थियो। त्यस्तै, शुक्रबार सम्पन्न दोस्रो खेलमा आयरल्यान्डले नेपाललाई ११४ रनले पराजित गरेको थियो।
लगातार दुई खेलमा जित हासिल गरेको आयरल्यान्डले शृंखला एक खेलअगावै २–० ले जितिसकेको छ। आयरल्यान्ड आइतबारको खेलमा शृंखला क्लीन स्वीप गर्ने लक्ष्यमा हुने छ। नेपाल भने सान्त्वना जितको खोजीमा हुने छ।