काठमाडौँ। ओमान भ्रमणमा रहेको नामिबियाले ५ खेलको टी–२० आई शृंखलाअन्तर्गत चौथो खेलमा घरेलु टोलीले पराजित गरेको छ।
शुक्रबार राति सम्पन्न खेलमा नामिबियाले ओमानलाई २४ रनले पराजित गरेको हो। योसँगै शृंखला २–२ को बराबरीमा पुगेको छ।
नामिबियाले पहिलो खेलमा ओमानलाई ४ विकेटले पराजित गरेको थियो।
ओमानले भने दोस्रो खेलमा ६ रन र तेस्रो खेलमा ८ विकेटको जित हासिल गरेको थियो। शृंखलाको निर्णायक भिडन्त आइतबार हुने छ।
नामिबियाले दिएको १६४ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४० रन मात्रै बनाउन सक्यो।
ओमानका नसिम खुशीले सर्वाधिक ३४ रन बनाए। मोहम्मद नदीम ३० र अकिब इलियास २४ रनमा आउट हुँदा जतिन्द्र सिंह र अयान खान १३/१३ मा आएट भए।
नामिबियाका इेभिस विसेले सर्वाधिक ३ विकेट दिए। ग्रेहार्ड इरास्मसले २ विकेट लिँदा बर्नार्ड, रुबेन ट्रम्पलम्यान र टांगेनीलुंगामेनीको नाममा १/१ विकेट रह्यो।
त्यसअघि अल अमेरत क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नामिबियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६४ रन बनाएको थियो।
नामिबियाका जेपी कोट्जेले सर्वाधिक ६८ रन बनाए। डर्भिड विसे ५१ र जेन फ्रांकलिन १४ रनमा अविजित रहे।
ओमानका समय श्रीवास्तवले सर्वाधिक २ विकेट लिए। अकिब इलियास र आयन खानको नाममा १/१ विकेट रह्यो।