काठमाडौँ। साविक विजेता चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा सनराइजर्स हैदराबादलाई १६६ रनको लक्ष्य दिएको छ।
राजीव गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६५ रन बनायो।
चेन्नईका शिवम दुबेले सर्वाधिक ४५ रन बनाए। २४ बल खेलेका उनले २ चौका र ४ छक्का प्रहार गरे।
अजिंक्य रहाणेले ३५,कप्तान ऋतुराज गायकवाड २६, डेरिल मिचेल १३ र रचिन रविन्द्र १२ रनमा आउट हुँदा रविन्द्र जडेजा ३१ र महेन्द्रसिंह धोनी १ रनमा अविजित रहे।
हैदराबादका भुवनेश्वर कुमार, शाहबाज अहमद, थांगारासु नटराजन र जयदेव उनादकटले १/१ विकेट लिए।