काठमाडौँ। बरोडा क्रिकेट एसोसिएसनले एसएमएस फ्रेन्डसिप कपको समूह चरणअन्तर्गतको अन्तिम खेलमा नेपाललाई १५७ रनको लक्ष्य दिएको छ।
गुजरातको वापीमा टस जितेर पहिला ब्याटिङ थालेको बरोडाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५६ रन बनायो।
बरोडाका आश्वत रावतले सर्वाधिक ३१ रन बनाए। २७ बल खेलेका उनले १ चौका र १ छक्का प्रहार गरे।
ध्रुव पटेल २९,अमित पासी २६, मोहित मोंगिया २२ र अभिमन्यूसिंह राजपूत ११ रनमा आउट हुँदा हेमन्त पुन्डे ६ रनमा अविजित रहे।
नेपालका करण केसी र गुल्शनकुमार झाले २/२ विकेट लिए। प्रतिश जीसी, ललितनारायण राजवंशी र आकाश चन्दको नाममा १/१ विकेट रह्यो।