काठमाडौँ। तीन एक दिवसीय शृंखलाअन्तर्गत आयरल्यान्ड उल्भ्सले दिएको १७५ रनको लक्ष्य पछ्याइरहेको नेपाल ए ले पहिलो पावरप्लेमै ५ विकेट गुमाएको छ।
पहिलो ओभरको तेस्रो बलमै देव खनाललाई फिओन ह्यान्डले स्टेफिन डेहानीबाट क्याच आउट गराए।
तेस्रो ओभरको तेस्रो बलमा नरेन भट्ट पनि ६ रनमा आउट भए। भीम सार्की १७ र आरिफ शेख शून्यमै पेभिलियन फर्किए।
यो समाचार तयार पार्दासम्म नेपालले १२.३ ओभरमा ५ विकेट गुमाएर ४४ रन बनाएको छ।