काठमाडौँ। नेपाल ‘ए’ टोलीले तीन खेलको टी–२० शृंखलाअन्तर्गत सोमबार तेस्रो तथा खेल आयरल्यान्ड उल्भ्ससँग खेल्दै छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो १ बजेबाट शुरू हुने छ।
पहिलो खेलमा नेपाल २१ रनले पराजित भएको थियो। २२२ रनको लक्ष्य पछ्याएको नेपालले २०१ रन मात्रै बनाएको थियो।
दोस्रो खेलमा पनि नेपालले २२५ रनको विशाल लक्ष्य पाएको थियो। तर, नेपालले १८४ रन मात्रै बनाउन सक्यो। र, ४० रनले पराजित भयो।
योसँगै आयरल्यान्डले २–० ले शृंखला आफ्नो पक्षमा पारिसकेको छ। नेपाल सोमबारको जितमा सान्त्वना जितको खोजिमा मैदान उत्रिने कप्तान विनोद भण्डारीले बताएका छन्।