काठमाडौँ। दिल्ली क्यापिटलले इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नई सुपर किंग्सलाई १९२ रनको लक्ष्य दिएको छ।
टस जितेर पहिला ब्याटिङ थालेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १९१ रन बनाएको हो।
दिल्लीका ओपनर डेविड वार्नरले सर्वाधिक ५२ रन बनाए। ३५ बल खेलेका उनले ५ चौका र ३ छक्का प्रहार गरे।
कप्तान ऋषभ पन्तले ३२ बलमा ४ चौका र ३ छक्कासहित ५१ रन बनाए। पृथ्वी शा ४३ र मिचेल मार्स १८ रनमा आउट हुँदा अक्षर पटेल ७ रनमा अविजित रहे।
चेन्नईका मथिशा पथिरानाले सर्वाधिक ३ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले ३१ रन खर्चिए। मुस्तफिजुर रहमान र रवीन्द्र जडेजाको नाममा १/१ विकेट रह्यो।