काठमाडौँ। घरेलु टोली गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदराबादलाई पराजित गरेको छ । आइतबार सम्पन्न खेलमा गुजरातले पाहुना टोली हैदराबादलाई ७ विकेटले पराजित गरेको हो।
हैदराबादले दिएको १६३ रनको लक्ष्य गुजरातले १९.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो।
गुजरातका लागि शाई सुदर्शनले सर्वाधिक ४५ रन बनाए। कप्तान शुभमन गिल ३६ र ऋद्धिमान शाह २५ रनमा आउट हुँदा डेविड मिलरले ४४ र विजय शंकर १४ रनमा अविजित रहे।
गुजरातका लागि शाई सुदर्शनले सर्वाधिक ४५ रन बनाए। ३६ बल खेलेका उनले ४ चौका र १ छक्का प्रहार गरे।
कप्तान शुभमन गिल ३६ र ऋद्धिमान शाह २५ रनमा आउट हुँदा डेविड मिलरले ४४ र विजय शंकर १४ रनमा अविजित रहे।
हैदराबादका शहबाज अहमद, मायन्क मार्कन्डे र कप्तान प्याट कमिन्सले १/१ विकेट लिए।
त्यसअघि टस जितेर ब्याटिङ थालेको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६२ रन बनाएको थियो।
हैदराबादका अभिषेक शर्मा र अब्दुल समादले २९/२९ रन बनाए। हेनरिक क्लासन २४, शहबाज अहमद २२, ट्रेभिस हेड १९ र मायंक अग्रवाल १६ रनमा आउट भए।
गुजरातका मोहित शर्माले सर्वाधिक ३ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले २५ रन खर्चिए। उमेश यादव, अजमातुल्लाह उमरजाई, राशिद खान र नूर अहमदले १/१ विकेट लिए।
जितसँगै गुजरातले ३ खेलमा ४ अंक जोडेको छ। पराजित हैदराबादको समान खेलबाट २ अंक छ।