काठमाडौँ। लखनउ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा पञ्जाब किंग्सलाई २०० रनको लक्ष्य दिएको छ।
टस जितेर पहिला ब्याटिङ थालेको लखनउले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १९९ रन बनाएको हो।
लखनउका क्विन्टन डि काकले सर्वाधिक ५४ रन बनाए। ३८ बल खेलेका उनले ५ चौका र २ छक्का प्रहार गरे।
कप्तान निकोलस पूरन ४२, मार्कस स्टझयनिस १९ र केएल राहुल १५ रनमा आउट हुँदा क्रुणाल पाण्ड्या ४३ रनमा अविजित रहे।
पञ्जाबका सैम करनले सर्वाधिक ३ विकेट लिए। अर्शदीप सिंहले २ विकेट लिँदा कगिसो रबाडा र राहुल चाहरको नाममा १/१ विकेट रह्यो।