काठमाडौँ। दुई पटक जीवनदान पाएका देव खनाल आयरल्यान्ड उल्भ्सविरुद्ध अर्धशतक बनाउन चुकेका छन्।
देव ४७ रनमा बेन ह्वाइटको बलमा बोल्ड भएका हुन्। २५ बल खेलेका उनले ७ चौका प्रहार गरे।
त्यसअघि देवले १५ रन बनाएर खेलिरहँदा पहिलोपटक जीवनदान पाएका थिए। त्यसपछि थप २४ रन बनाउँदा उनले पुन: जीवनदान पाए।