काठमाडौँ। नेपाल 'ए'ले दोस्रो विकेट गुमाएको छ।
आयरल्यान्ड उल्भ्सले दिएको २२५ रनको लक्ष्य पछ्याइरहेको नेपालले दोस्रो विकेटको रूपमा कप्तान विनोद भण्डारीलाई गुमाएको हो।
१३ बलमा १ चौका र ३ छक्कासहित २६ रन बनाएर खेलिरहेका उनी बेन ह्वाइटको बलमा आउट भए।
उनी सातौँ ओभरको अन्तिम बलमा गल्लीमा केड कार्माइकलबाट क्याच आउट भएका हुन्। त्यसअघि नेपालले लोकेश बमलाई गुमाएको थियो। लोकेशले १३ बलमा ३ चौका र २ छक्कासहित २५ रन बनाए।
उनी फिओन ह्यान्डको बलमा विकेटकिपर निल रकबाट क्याच आउट भए।