काठमाडौँ। कमलसिंह ऐरीले नेपाललाई पाँचौँ सफलता दिलाएका छन्।
१३औँ ओभरको चौथो बलमा उनले सेट भइसकेका पिटर मुरलाई लोकेश धामीबाट क्याच आउट गराएका हुन्।
पिटरले २६ बलमा ३ चौका र ७ छक्कासहित ६५ रन बनाए।
त्यसअघि नवौँ ओभरको पहिलो बलमा सागर ढकालले स्टीफन डोहेनीलाई बोल्ड गरेका हुन्। स्टीफनले ८ बलमा ४ रन बनाए। लगत्तै केड कार्माइकललाई उनी र पवन सर्राफले रन आउट बनाए।
सागरले नै सातौँ ओभरको दोस्रो बलमा रोस अडायरलाई १७ रनमा लङअफमा पवन सर्राफबाट क्याच आउट गराए।
रोसले २० बलमा १ चौका र १ छक्कासहित १७ रन बनाए।
सागरले चौथो ओभरको पाँचौँ बलमा जेम्स म्याकोलमलाई विकेटकिपर विनोद भण्डारीबाट क्याच आउट गराए।
उनले १३ बलमा ३ चौका र २ छक्कासहित २६ रन बनाए।