काठमाडौँ। सागर ढकालले नेपाललाई तेस्रो सफलता दिलाएका छन्।
नवौँ ओभरको पहिलो बलमा उनले स्टीफन डोहेनीलाई बोल्ड गरेका हुन्। स्टीफनले ८ बलमा ४ रन बनाए। लगत्तै आयरल्यान्डका केड कार्माइकललाई सागरले नै रन आउट गराए।
त्यसअघि सागरले सातौँ ओभरको दोस्रो बलमा रोस अडायरलाई १७ रनमा लङअफमा पवन सर्राफबाट क्याच आउट गराए।
रोसले २० बलमा १ चौका र १ छक्कासहित १७ रन बनाए।
सागरले चौथो ओभरको पाँचौँ बलमा जेम्स म्याकोलमलाई विकेटकिपर विनोद भण्डारीबाट क्याच आउट गराए।
उनले १३ बलमा ३ चौका र २ छक्कासहित २६ रन बनाए।