काठमाडौँ। सागर ढकालले नेपाललाई दोस्रो सफलता दिलाएका छन्।
उनले सातौँ ओभरको दोस्रो बलमा रोस अडायरलाई १७ रनमा लङअफमा पवन सर्राफबाट क्याच आउट गराए।
रोसले २० बलमा १ चौका र १ छक्कासहित १७ रन बनाए।
सागरले चौथो ओभरको पाँचौँ बलमा जेम्स म्याकोलमलाई विकेटकिपर विनोद भण्डारीबाट क्याच आउट गराए।
उनले १३ बलमा ३ चौका र २ छक्कासहित २६ रन बनाए।