आइतबार, २७ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. गल्फ
Bhat Bhateni Supermarket Ad

एमेच्योर सद्भावलाई तेस्रोपटक उपाधि

बिहिबार, १५ चैत्र २०८०खेलपाटी संवाददाता
एमेच्योर सद्भावलाई  तेस्रोपटक उपाधि
mustang rice ad

काठमाडौँ। प्रोफेसनल गल्फर भुवन नगरकोटीलाई ७ स्ट्रोकको फराकिलो अन्तरमा हराउँदै एमेच्योर सद्भाव आचार्यले सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको उपाधि जितेका छन्।

अन्तिम दिन ३-अन्डर ६९ को स्कोरसहित समग्रमा १४-अन्डर २७४ सहित सद्भावले तेस्रोपटक टुरको प्रो र एमेच्योर दुवैतर्फको उपाधि आफ्नो नाममा लेखाए। 

यो सिजन उनले जितेको यो दोस्रो उपाधि हो। जारी सिजन दुई उपाधि जित्ने उनी मात्रै हुन्। यसअघि उनले यो सिजन सूर्य नेपाल सेन्ट्रल ओपन र गत सिजन सूर्य नेपाल च्यालेन्जको उपाधि जितेका थिए।

अन्तिम १८ होलको शुरूआतमा प्रो भुवन र सद्भावबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएपनि भुवनले ३-ओभर ७५ को खराब प्रदर्शन गरे। समग्रमा ७-अन्डर २८१ सहित दोस्रो भए। प्रोतर्फ भने उनी पहिलो हुँदै १ लाख ४० हजार हात पार्न सफल भए।
 
प्रो भुवन र सद्भावबीच बिहीबार खेलको शुरूआत गर्दा सद्भावसँग मात्र एक स्ट्रोकको अग्रता रहेको थियो। तेस्रो होलमा भुवनले बर्डी प्रहार गर्दै खेल बराबरीमा ल्याएका थिए। तर, छैटौँ होलमा भुवनले बोगी प्रहार गर्दा सद्भावले एक शट बचाए। छैटौँ होलको समाप्तिमा सद्भावले दुई स्ट्रोकको अग्रता बनाए। टर्निङ प्वाइन्ट भने सातौँ होल बन्यो।

भुवनले दोस्रो शट पोखरीमा खस्यो। त्यहाँबाट हानेको प्रहार पुनः पानीमै पुग्यो। र, उनले यो होलमा डबल बोगी खेप्दा सद्भावले ४ स्ट्रोकको अग्रता बनाए। यसपछि आठौँ र नवौँ होलमा फेरि एक-एक शट गुमाउँदा भुवनले फ्रन्ट नाइन ४-ओभर ४० मा सकाए। सद्भावले १-अन्डर ३५ मा फ्रन्ट नाइन पूरा गरे। फ्रन्ट नाइन सकिँदा सद्भावले भुवनलाई ६ स्ट्रोकले पछि पारिसकेका थिए।

बोगीरहित खेलेका सद्भावले १२औँ र १७औँ होलमा बर्डी प्रहार गरे र ब्याक नाइन २-अन्डर ३४ मा सकाए। यसरी सहजै सद्भाव च्याम्पियन बन्दै फेरि एक पटक प्रो गल्फरहरूलाई माथ दिन सफल रहे।

लगातार तीन दिनका लिडर भुवनले अन्तिम दिन संघर्ष गरे र ब्याक नाइन १-अन्डर ३५ मा सकाए। १३औँ, १४औँ र १८औँ होलमा बर्डी प्रहार गरे भने १५औँ र १६औँ होलमा एक-एक शट बचाए। यसरी भुवनले समग्रमा दोस्रो र प्रोतर्फ पहिलो स्थान प्राप्त गरे।

एमेच्योर खेलाडीहरूको दबदबा रहँदा अर्का एमेच्योर विजय श्रेष्ठ आइन्हाउस र प्रो नीरज तामाङले संयुक्तरूपमा तेस्रो स्थान बाँडे। उनीहरूले समग्रमा ४-अन्डर २८४ मा खेल सकाए। बिहीबार विजयले १-अन्डर ७१ र नीरजले २-अन्डर ७० को प्रदर्शन गरे। प्रोतर्फ दोस्रो भएका नीरजले ९६ हजार प्राप्त गरे।

समग्रमा ईभन-पार २ सय ८८ मा खेल सकाएका दिनेश प्रजापति प्रोतर्फ तेस्रो भए। उनले ३-ओभर ७५ मा खेल सकाए। तेस्रो भएका उनले ७२ हजार नगद हात पारे। यसैगरी समग्रमा ४-ओभर २९२ सहित सञ्जय लामा र धनबहादुर थापाले प्रोतर्फ संयुक्तरूपमा चौथो स्थान बाँडे। सञ्जयले २-ओभर ७४ र धनले १-अन्डर ७१ को स्कोर निकाले। उनीहरूले जनही ५४ हजार ५ सय नगद पुरस्कार प्राप्त गरे।

रवि खड्काले बिहीबार २-ओभर ७४ को स्कोरसहित समग्रमा ५-ओभर २९३ सहित छैटौँ स्थानमा प्रतियोगिता सकाए। छैटौँ भएका उनले ४२ हजार ५ सय नगद पुरस्कार प्राप्त गरे। यसैगरी समग्रमा ७-ओभर २९४ सहित रामे मगर र भुवनकुमार रोक्काले संयुक्तरूपमा सातौँ स्थान बाँडे। दुवैले बिहीबार २-ओभर ७४ मा खेल सकाए। उनीहरूले जनही ३७ हजार २५० नगद हात पारे।

धरानका दुई प्रो युवराज भुजेल र बलभद्र राईले समग्रमा ११-ओभर २९९ सहित नवौँ स्थान बाँड्दा जनही ३२ हजार नगद हात पारे। युवराजले बिहीबार ८-ओभर ८० र बलभद्रले ४-ओभर ७६ मा खेल सकाए।

एमेच्योर विजयले टुरमा करियरकै उत्कृष्ट प्रदर्शन गरे। उनले फ्रन्ट नाइन ई भन-पार ३६ मा सकाए। पहिलो र पाँचौँ होलको बोगी विरुद्ध तेस्रो र सातौँ होल‌मा एक-एक शट बचाए। यसपछि ११औँ होलको बर्डीले ब्याक नाइन १-अन्डर ३५ मा सकाए। सूर्य नेपाल गल्फ टुरमा उनी पहिलोपट एमेच्योरतर्फ दोस्रो भए।

धरानका नीरजले चौथो होलमा बोगी प्रहार गरे भने पहिलो, तेस्रो र नवौँ होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाइन २-अन्डर ३४ मा पूरा गरे। यसपछि १४औँ र १५औँ होलमा एक-एक शट बचाए भने १६औँ र १८औँ होलमा बोगीको सामना गर्दै ब्याक नाइन ईभन-पार ३६ मा सकाए।

कुल ८ लाख ४० हजार नगद पुरस्कार राशि रहेको प्रतियोगितामा कट बनाएका २३ प्रो गल्फरमध्ये उत्कृष्ट २१ गल्फरले नगद पुरस्कार प्राप्त गरे। 

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

द हिमालयन स्विङ ओपन कात्तिक १५ गते

द हिमालयन स्विङ ओपन कात्तिक १५ गते

गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता

तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता

Bajaj Pulsar Motorcycle Ad
आइतबारदेखि एसपीए लिटिल फ्लावर प्राइड लिग

आइतबारदेखि एसपीए लिटिल फ्लावर प्राइड लिग

ओलम्पिकको बाटोमा एन्फा

ओलम्पिकको बाटोमा एन्फा

पुलिसलाई हराउँदै न्यु डायमन्ड बन्यो च्याम्पियन

पुलिसलाई हराउँदै न्यु डायमन्ड बन्यो च्याम्पियन

मच्छिन्द्र फर्किए प्रवेश

मच्छिन्द्र फर्किए प्रवेश

आर्मीलाई सहजै हराउँदै एपीएफ तेस्रो

आर्मीलाई सहजै हराउँदै एपीएफ तेस्रो

चेन्नईको रेसिङ ट्रयाकमा नेपाली राइडर

चेन्नईको रेसिङ ट्रयाकमा नेपाली राइडर

आर्मीसँग हार्‍यो एपीएफ

आर्मीसँग हार्‍यो एपीएफ

आइतबारदेखि  ‘हिमालयन च्यालेन्जर्स यू–१८ फिडे रेटिङ चेस प्रतियोगिता’

आइतबारदेखि ‘हिमालयन च्यालेन्जर्स यू–१८ फिडे रेटिङ चेस प्रतियोगिता’