धेरै अन्तर्राष्ट्रिय क्रिकेट गर्ने वातावरण बनाइदिन आग्रह
काठमाडौँ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले नेपालमा धेरैभन्दा धेरै अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने वातावरण बनाइदिन आईसीसी अध्यक्ष ग्रेग बार्कलेसँग आग्रह गरेका छन्।
त्रिपुरेश्वरस्थित राखेपमा मंगलबार भएको भेटमा उनले नेपालमा क्रिकेटको अन्तर्राष्ट्रिय प्रतियोगिता हुँदा दर्शकको उपस्थिति उत्साहजनक रहेको स्मरण गराए।
नेपाल र बंगलादेशले सन् २०२७ मा संयुक्त रूपमा आयोजना गर्ने यू १९ महिला टी२० विश्वकप आयोजना गर्न स्वीकृति दिएकोमा घिसिङले बार्कलेलाई धन्यवाद दिए। तर, यो प्रतियोगिता आयोजना गर्नका लागि सहयोग गर्न उनलेआग्रह गरे।
‘अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा आयोजना गर्ने विश्वकप पुरुष टी२० प्रतियोगिताका लागि आईसीसीले राम्रै सहयोग गरेको मैले जानकारी पाएको छु। हामीले पनि आईसीसीबाट यू १९ विश्वकपका लागि त्यस्तै सहयोगको अपेक्षा गरेका छौँ। हाम्रो तर्फबाट पनि तयारीमा कुनै कसर बाँकी राख्दैनौँ,’ उनले भने।
यस्तै, नेपाललाई प्राविधिक पक्ष, खेल सामाग्री, हाइ पर्फमेन्स तालिम केन्द्र स्थापनालगायत विषयमा सहयोगका लागि पनि उनले आग्रह गरे। अध्यक्ष बार्कलेले एसोसिएट राष्ट्रमा नेपाल फेरि नम्बर एक बन्ने सम्भावना रहेको बताउँदै सीमित स्रोत र साधानका बावजुद गरेको प्रगति प्रशंसनीय रहेको बताए।
पूर्वाधारका विषयमा चासो व्यक्त गर्दै उनले नेपाली क्रिकेटको विकास र विस्तारमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।






-1763473683107.jpeg&w=3840&q=75)
-1763457989968.jpeg&w=3840&q=75)




-1763515978900.webp&w=3840&q=75)


