• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
ग्रासरूट फुटबल बलियो बनाउनुपर्छ : शेर्पा
खेलपाटी संवाददाता
शनिबार, चैत ३, २०८० खेलपाटी संवाददाता
ग्रासरूट फुटबल बलियो बनाउनुपर्छ : शेर्पा

सिन्धुली । अखिल नेपाल फुटबल संघ एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पाले फुटबलको मेरुदण्ड भनेकै ग्रासरूट कार्यक्रम रहेको बताएका छन्। ग्रासरूट फुटबलबाटै राष्ट्रिय स्तरका खेलाडीहरू उत्पादन हुँदै आइरहेको बताउँदै उनले यो कार्यक्रम फुटबलको मेरूदण्ड रहेको बताएका हुन्।

सिन्धुलीस्थित दुधौली नगरपालिका ४ डकाहामा ग्रासरूट फुटबल कार्यक्रम शुरूआत गर्दै उनले सो कुरा बताए ।आफ्नो कार्यकालमा ४८ जिल्लामा एकैपटक ग्रासरूट फुटबल कार्यक्रम शुरूआत गरेको उनले सम्झना गरे। 

'हेर्दाखेरी यो कार्यक्रम सामान्यजस्तो लाग्छ। तर, हामीले ४८ जिल्लाका ६० स्थानमा ग्रासरूट फुटबल शुरू गर्दा धेरै महिला र पुरुष खेलाडी उत्पादन भएका छन्।'  उनले भने, 'घर बनाउँदा त्यसको जग बलियो बनाउँछौँ त्यसरी नै फुटबलको पनि जग बलियो बनाउनुपर्छ। फुटबलको बलियो जग भनेकै ग्रासरूट हो। यसलाई बलियो बनाउनुपर्छ।'

डिजिटल युगमा परिवारमा पनि एकै ठाउँमा बस्दापनि टाढा भएकोजस्तो महसुस गराइरहेको उनले बताए। मोबाइल र सामाजिक सञ्जालले गर्दा यस्तो भइरहेको उनको भनाइ थियो। तर, ग्रासरूट फुटबलले बालबालिकालाई मोबाइल र सामाजिक सञ्जालको लतबाट बाहिर ल्याएर समाजलाई एकै ठाउँमा जोड्ने काम गर्ने उनले बताए।

'विभिन्न ठाउँबाट आएर बालबालिकालाई एकै ठाउँमा खेल्ने वातावरण मिलाएका छौँ। यसले सोसियल इन्ट्रिगेटिभको रूपमा काम गरिरहेको छ।' उनले भने, 'त्यतिमात्रै होइन, शिक्षा र खेलकुदलाई सँगसँगै लैजानुपर्छ। शिक्षाले मात्रै हुँदैन खेलकुद पनि भयो भने शरीर तन्दुरूस्त बनाउँछ। शरीर तन्दुरुस्त भए ज्ञान पनि हासिल गर्न सहज हुन्छ जस्तो लाग्छ।'

दिनभर पढेर आएको कारण बालबालिका थकित हुने भएको कारण साँझमा खेल्ने वातावरण मिलाउनुपर्ने उनले बताए। विकसित देशमा पनि बालबालिका साँझ नै खेल्ने भएको कारण फल्ड लाइटको व्यवस्था गर्नुपर्ने उनले बताए। त्यसैले ग्रासरूट फुटबललाई साँझ चार बजेदेखि सञ्चालन गर्दा राम्रो हुने उनले बताए।

'बालबालिका स्कुलपछि खेलेको अवस्थामा राम्रो नतिजा दिन सक्छन्। दिनभरि अध्ययन गर्दागर्दै मानसिक तनाव हुन्छ। मानसिक तनाव भएको बेला मैदानमा उत्रिँदा त्यसलाई रिलिज गर्छ। बेलुका ९-१० बजेसम्म प्रशिक्षण गर्दा मानसिक तनाव त निस्किने नै भयो। खेलेर गएपछि नुहाउने बानि हुन्छ। त्यसले गर्दा शरीर स्वास्थ्य हुन्छ, खाना रुचाउँछ।' उनले भने, 'त्यसपछि थकाइले मोबाइल हेर्ने बानी छुट्छ, चाँडै बेडमा जाने कल्चर विकास हुन्छ।'

त्यस्तै, एन्फाका पूर्वउपाध्यक्ष तथा राष्ट्रिय टोलीका पूर्वकप्तान उपेन्द्रमान सिंहले ग्रासरूट फुटबल तल्लो लेभलको कार्यक्रम रहेको बताए। यो कार्यक्रम नभई माथिल्लो तहमा फुटबल विकास नहुने उनको भनाइ थियो। त्यसैले यस्ता कार्यक्रम सञ्चालन गरिरहे राष्ट्रिय लेभलमा पुग्ने धेरै खेलाडी उत्पादन हुने उनले बताए।

'हाम्रो टार्गेट भनेको ३०-३५ हजार बालबालिका शनिबार एकैपटक खेलुन् भन्ने थियो। हाम्रो चार वर्षे कार्यकालमा १७-१८ हजार बालबालिकाले ग्रासरूट फुटबलमा सहभागिता जनाएका थिए।' उनले भने।

डकाहामा शुरू भएको ग्रासरूट कार्यक्रममा करिब २ सय बालबालिका उपस्थित थिए। अन्य जिल्लामा ग्रासरूट कार्यक्रम सञ्चालन गर्दाभन्दा डकाहा यो कार्यक्रम शुरूआत गर्दा सजिलो भएको उनले बताए।

'ग्रासरूट फुटबल सञ्चालन गर्न भोलियन्टियरको आवश्यक पर्छ। यहाँका भोलियन्टियर भाइहरू लोकल हुनुहुँदो रहेछ। फुटबल खेलाडी नै भएको कारण मलाई हिजो एक दिनको वर्कसप गरेर मैदानमा आउँदा निकै सहज भयो।' उनले भने।

उनले यो कार्यक्रमले निरन्तरता पाउने विश्वास गरे।

यस्तै वडाध्यक्ष रित विश्वकर्मा रितेशले विगतदेखि नै एन्फा पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पाले सहयोग गरिरहेको बताए। निरन्तर साथ सहयोगले आफूलाई ऋणी बनाएको उनले बताए। डकाहाबाट केन्द्रमा गएर व्यावसायिक फुटबल नखेल्दासम्म त्यो ऋण तिर्न नसकिने उनको भनाइ थियो।

'यो ऋण कसरी तिर्ने भनेर मैले सोचिरहेको छु। जबसम्म केन्द्रमा पुगेर हाम्रा भाइहरूले व्यावसायिक फुटबल खेल्दैनन् तबसम्म यो ऋण तिर्न सकिँदैन जस्तो लाग्छ। त्यसैले भाइहरूले यो मिहिनेत र सहयोगलाई आत्मसाथ गरेर ग्रासरूट फुटबललाई सफल बनाउनुहुन्छ भन्ने विश्वास लिएको छु।' उनले भने।

कार्यक्रम प्रदेश सांसद श्यामकुमार घिमिरे, एन्फा उपाध्यक्ष विराटजंग शाहीलगायतको उपस्थिति थियो।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
क्वार्टरफाइनलमा रियल र डर्टमुन्ड भिड्ने
क्वार्टरफाइनलमा रियल र डर्टमुन्ड भिड्ने
क्वार्टरफाइनलमा रियल
क्वार्टरफाइनलमा रियल
श्रीलंकासँग कहिल्यै नहारेको नेपाल
श्रीलंकासँग कहिल्यै नहारेको नेपाल
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
चेल्सीबाट आर्सनल पुगे केपा
चेल्सीबाट आर्सनल पुगे केपा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP