आइतबार, २१ मंसिर २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. साहसिक खेलकुद
Bhat Bhateni Supermarket Ad

'मन्जुश्री ट्रेल रेस'को दर्ता खुल्ला

आइतबार, २७ फाल्गुण २०८०खेलपाटी संवाददाता
'मन्जुश्री ट्रेल रेस'को दर्ता खुल्ला
Classic Tech Internet Ad

काठमाडौँ । आगामी चैत २३ गते सुरू हुने चौथो मन्जुश्री ट्रेल रेसको दर्ता खुलेको छ ।

एसिया ट्रेल मास्टर्सको छनोट खेलका रुपमा आयोजना हुन लागेको चौथो संस्करण अन्तर्गत मन्जुश्री ट्रेल रेसको खेलाडी दर्ता खुल्ला गरिएको हो । 

जस अन्तर्गत मन्जुश्री ट्रेल रेसको १०० माइल र १०० किलोमिटरको उत्कृष्ट ५ जनालाई एसिया ट्रेल मास्टर्समा सहभागि गराइनेछ ।

त्यसैका लागि, चाइन, फ्रान्स आदि देशका विश्व वरियातामा उच्च स्थानमा रहेका खेलाडी सहभागी हुने आयोजकले जानकारी दिएको छ । अहिले सम्म विभिन्न १० देशबाट १३० खेलाडिले सहभागिताको फारम भरिसकेका छन् ।

मञ्जुश्री ट्रेल रेसको आयोजना मञ्जुश्री ट्रेल रेस नामक गैरसरकारी संस्थाले गरेको हो । नेपाल सरकारको सहयोगमा आयोजना हुन लागेको पर्वतीय खेल महोत्सवका विभिन्न आधिकारिक खेल मध्ये ट्रेल रनिङका लागि मन्जुश्री ट्रेल रेसलाई अनुबन्धित गरिएको संस्थाका अध्यक्ष सुवास थापाले जानकारी दिए ।

अन्तराष्ट्रिय विमानस्थलबाट नजिकैको दूरीमा ऐतिहासिक भूमिबाट रेस सुरू गर्ने काम मञ्जुश्री ट्रेल रेसले गर्दै आएको छ ।

काठमाडौं उपत्यकालाई फन्का मारेर रेसको मज्जा लिन सकिने भएकाले मञ्जुश्रीले आयोजना गर्दै आएको यस रेसतर्फ आकर्षण चुलिँदो छ । मञ्जुश्री ट्रेल रेसले हरेक वर्ष रेस आयोजना गर्दै आइरहेको छ ।

सन् २०२३ को रेसको चार चरणमा गरी ६७ जना नेपाली र २१ जना विदेशी गरी जम्मा ८८ जना प्रतियोगी सहभागी थिए। जसमध्ये ६९ जना पुरुष र १९ जना महिला रहेको अध्यक्ष थापाले जानकारी दिए । रेसमा सहभागी हुन इच्छुकले मञ्जुश्री ट्रेल रेसको आधिकारिक वेबसाइट मार्फत आवेदन दिन सक्नेछन् ।

विश्वमै चर्चित धावक लिजि हकर, सेथ ओल्पिन र रोजर हेन्केनले पहिलोपटक सन् २०१५ मा यो रुटको परिकल्पना गरेका थिए । त्यसपश्चात उनीहरूले निजि पहलमै सन् १०१६ मा यो रुटलाई छिचोलेका थिए । जिमी ओस्त्रोम, राज प्रधान, नारायण आचार्य लगायतले पटक पटक गरी ट्रेलको वैकल्पिक रुटहरू सहित नक्साङ्कन गरेका थिए ।

विभिन्न चरणमा विभिन्न ब्यक्तित्वको संलग्नतामा १७० किलोमिटर दूरीको यो रुट पूर्णरुपमा निर्धारण गर्न करिब ३ वर्ष लागेको थियो। हाल आएर यो रुटका विभिन्न संघ सस्था आदिले यहि क्षेत्रमा साइलिङ,  हाइकिङ आदि संचालन गर्दै आएका छन् । 

फ्रान्स स्थित विश्वभरका ट्रेल रेस आयोजकहरुको छाता संस्था इन्टरनेशनल ट्रेल रनिङ एसोसिएसन आइटिआरए र विश्वव्यापी रूपमा ट्रेल धावकहरूको स्तर मूल्याङ्कन तथा निर्धारण गर्ने सँस्था युटिएमबिको सम्बन्धन प्राप्त भएकाले मञ्जुश्री ट्रेल रेसलाई अन्तर्राष्ट्रिय स्तरमा महत्वका साथ हेरिन्छ ।

आइटिआरएको मापदण्ड अनुसारको ‘मञ्जुश्री ट्रेल रेस’ पूरा गर्ने सहभागीले आइटिआरएबाट ६ अङ्क प्राप्त गर्छन् जुन आइटिआरए सम्बन्धित न्युनतम योग्यता गणना हुने अन्तर्राष्ट्रिय ट्रेल रेसमा मान्य हुनेछ ।

१ सय ७० किलोमीटर रेसमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ६० हजार, ४० हजार र २० हजार नगद पुरस्कारसँगै मेडल र प्रमाणपत्र पाउनेछन् । सय किलोमीटर रेसमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ४० हजार, २५ हजार र १५ हजार नगद पुरस्कारसँगै मेडल र प्रमाणपत्र पाउनेछन् ।

पचास किलोमीटर रेसमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ३० हजार, १५ हजार र १० हजार नगद पुरस्कारसँगै मेडल र प्रमाणपत्र पाउनेछन् । त्यस्तै केभिआर १०० स्टेज रेस अन्तर्गत प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः २० हजार, १० हजार र ५ हजार नगद पुरस्कारसँगै मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । 

Bajaj Pulsar Motorcycle Ad
#मन्जुश्री ट्रेल रेस

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

दावाले अष्ट्रेलियामा हुने अल्ट्रा-ट्रेल रन खेल्ने

दावाले अष्ट्रेलियामा हुने अल्ट्रा-ट्रेल रन खेल्ने

वर्ल्ड युनियन क्वानकिडो कार्यशाला काठमाडौंमा सुरु

वर्ल्ड युनियन क्वानकिडो कार्यशाला काठमाडौंमा सुरु

केभिआर समिट च्यालेन्ज शनिबारदेखि

केभिआर समिट च्यालेन्ज शनिबारदेखि

Bajaj Pulsar Motorcycle Ad
शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने

शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने

सन्तोषीको ८ महिनाभित्र ५ कीर्तिमान !

सन्तोषीको ८ महिनाभित्र ५ कीर्तिमान !

अर्जुनधारा महिला भलिबलको उपाधि पुलिसलाई

अर्जुनधारा महिला भलिबलको उपाधि पुलिसलाई

जनकपुर : हारसँगै एनपीएल सुरुआत, हारबाटै अन्त्य

जनकपुर : हारसँगै एनपीएल सुरुआत, हारबाटै अन्त्य

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

पर्थपछि ब्रिसबेनमा पनि अस्ट्रेलियाले इङ्ल्यान्डलाई हरायो

पर्थपछि ब्रिसबेनमा पनि अस्ट्रेलियाले इङ्ल्यान्डलाई हरायो

मुलरलाई हराएका मेसी

मुलरलाई हराएका मेसी

हिक्मत महरा, 'बिथ द स्पिड'का खाेज

हिक्मत महरा, 'बिथ द स्पिड'का खाेज