बिहिबार, असोज २, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. साहसिक खेलकुद
  4. /
  5. तेन्जिङ र पञ्चमायालाई लिड क्लाइम्बिङको उपाधि 

तेन्जिङ र पञ्चमायालाई लिड क्लाइम्बिङको उपाधि 

२०२४ मार्च ९, शनिबारखेलपाटी संवाददाता

तेन्जिङ र पञ्चमायालाई लिड क्लाइम्बिङको उपाधि 

काठमाडौ । काठमाण्डौ स्पोर्ट क्लाइम्बिङ सेन्टरको आयोजनामा भएको मुसा मसला एण्ड वोङ्छु पिक ओपन लिड क्लाइम्बिङ च्याम्पियनसिपको उपाधि तेन्जिङ राई र पञ्चमाया तामाङले जितेका छन् ।

कामनापा वडा नम्बर १६ कालधारा पकनाजोलमा स्थित काठमाडौं स्पोर्ट क्लाइम्बिङ सेन्टरमा शनिवार भएको एकदिने प्रतियोगितामा तेन्जिङ पुरुषतर्फ र पञ्चमाया महिलातर्फ च्याम्पिय बनेका हुन् ।

पुरुषतर्फ च्याम्पियन बनेका तेन्जिङले ८० अंक स्कोर गरर्दै नगद २० हजार र विभिन्न गिफ्ट ह्याम्पर जिते ।

यस्तै दोस्रो भएका साजन लामाले ५६ अंक स्कोर गर्दै नगद १० हजार र तथा तेस्रो भएका रोनक उप्रेतीले नगद ५ हजार र गिफ्ट ह्याम्पटरहरु प्राप्त गरे । रोनकले २० अंक स्कोर गरे ।

महिलातर्फ पहिलो भएकी पञ्चमायाले पनि २० हजार र गिफ्टह्याम्पटर प्राप्त गरिन् । यस्तै दोस्रो भएकी स्वस्तिका चौधरीले १० हजार र तेस्रो भएकी सृजना तामाङले ५ हजार नगद र विभिन्न गिफ्ट ह्याम्परहरु प्राप्त गरिन् ।

खुल्ला प्रतियोगिता महिलातर्फ १४ र पुरुषतर्फ २० गरी कूल ३४ खेलाडीले सहभागिता जनाएको काठमाडौं स्पोर्ट क्लाइम्बिङ सेन्टरका प्रवन्ध निर्देशक प्रनिलमान श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा ३ विदेश खेलाडी समेत सहभागि थिए ।

पहिलो चरणमा क्वालिफिकेसन राउण्डमा खेलाडी प्रतिस्पर्धा गराइएको र त्यसपछि अन्तिम चरणमा ८ पुरुष र ८ महिला खेलाडीबीच प्रतिस्पर्धा गराएर विजेता घोषणा गरिएको श्रेष्ठले जानकारी दिए ।

प्रतियोगिता अन्तराष्ट्रिय महासंघ आईएफएससी द्वारा प्रतिपादित नियम र मापदण्ड अनुसार संचालन गरिएको थियो भने नेपाल आरोहण खेलकूद संघ एनसीएसएले पनि मान्यता दिएको छ ।

प्रतियोगिताको प्राविधिक सहयोगिको रुपमा नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक संघ रहेको छ ।
 

# लिड क्लाइम्बिङको उपाधि
Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपालबाट ६ खेलाडीले एसिया प्यासिफिक मोटरस्पोर्टस च्याम्पियनसिप खेल्ने

नेपालबाट ६ खेलाडीले एसिया प्यासिफिक मोटरस्पोर्टस च्याम्पियनसिप खेल्ने

कुँवरद्वारा विश्व स्काइ रनिङ नेपालमा गर्न प्रस्ताव

कुँवरद्वारा विश्व स्काइ रनिङ नेपालमा गर्न प्रस्ताव

एडी मर्कक्सको उत्तराधिकारी पोगाचार

एडी मर्कक्सको उत्तराधिकारी पोगाचार

Bhat Bhateni
सेमिफाइनलको ढोका खोल्न उत्रिँदै नेपाल

सेमिफाइनलको ढोका खोल्न उत्रिँदै नेपाल

युएईमाथि सहज जित निकाल्दै पाकिस्तान सुपर फोमा

युएईमाथि सहज जित निकाल्दै पाकिस्तान सुपर फोमा

नेपालसँग खेल्न वेस्ट इन्डिजले पठायो बी टिम

नेपालसँग खेल्न वेस्ट इन्डिजले पठायो बी टिम

स्पेनले २०२६ विश्वकप नखेल्ने सम्भावना

स्पेनले २०२६ विश्वकप नखेल्ने सम्भावना

अस्ट्रेलिया लागे गोलकिपर जियारथ

अस्ट्रेलिया लागे गोलकिपर जियारथ

४० वर्षको उमेरमा सिल्भाले गर्लान् ‘कमब्याक’ ?

४० वर्षको उमेरमा सिल्भाले गर्लान् ‘कमब्याक’ ?

एएफसीले एन्फालाई गर्‍यो १० हजार डलर जरिबाना

एएफसीले एन्फालाई गर्‍यो १० हजार डलर जरिबाना

विवादबीच २०औं एसियन गेम्समा नेपालको सहभागिता: ३२ खेलमा ४३४ खेलाडीको नाम दर्ता

विवादबीच २०औं एसियन गेम्समा नेपालको सहभागिता: ३२ खेलमा ४३४ खेलाडीको नाम दर्ता