शुक्रबार, कार्तिक ८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. लन टेनिस
Bhat Bhateni Supermarket Ad

‘सबैका लागि टेनिस, सधैका लागि टेनिस’

शनिबार, फागुन २६, २०८०खेलपाटी संवाददाता
‘सबैका लागि टेनिस, सधैका लागि टेनिस’
Classic Tech Internet Ad

पोखरा। प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा ‘खेल्छ गण्डकी’ कार्यक्रममार्फत विपन्न वर्गका बालबालिका लक्षित टेनिस प्रशिक्षण ‘सबैका लागि टेनिस, सधैका लागि टेनिस’ भन्ने नाराका साथ सुरु भएको छ ।

गण्डकी प्रदेश टेनिस संघको समन्वय तथा कास्की जिल्ला टेनिस संघको प्राविधिक सहयोगमा दुई महिना लामो प्रशिक्षण सुरु भएको हो ।

पोखरा रंगशालामा शनिबार सुरु भएको प्रशिक्षण कार्यक्रमको उद्घाटन प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिब श्रीधर शर्माले गरेका छन् ।

सदस्य सचिब शर्माले ‘खेल्छ गण्डकी’ कार्यक्रम प्रदेशको खेलकुद विकासका लागि एक अभियान रहेको बताउँदै टेनिस खेलाडी उत्पादन गर्न प्रशिक्षण कार्यक्रमले सहयोग पुग्ने बताए । 

उनले भने, ‘खेल्छ गण्डकी’ कार्यक्रम खेलकुदको क्षेत्रमा अविरल बगिरहने पवित्र अभियान रहेको नदी जस्तै हो । टेनिसले खेलकुदबाट टाढा रहेकाहरुलाई मैदानमा ल्याएर उल्लेखनिय कार्य गरेको छ । यो चुनौतीपूर्ण कार्य गर्ने टेनिस परिवार धन्यबादको पात्र भएको छ ।'

मोवाइलमा रमाउने बालबालिका लाई खेल मैदान सम्म ल्याउनु निकै चुनौतीपूर्ण विषय रहेको जनाउँदै अभिभावकहरुलाई समेत उनीहरु कुशल खेलाडीको रुपमा स्थापित हुन्छन् भन्ने कुराको विश्वास दिलाउन आवश्यक रहेको सदस्य सचिव शर्माले जनाए ।

कार्यक्रमले खेल संस्कृती र खेलकुद विकासको अभियानमा समेत महत्वपूर्ण रहेको जनाउँदै उनले खेलकुद क्षेत्र बहुआयामिक विषय समेत रहेकोले सबै उमेर समुह र सवै वर्गलाई खेलकुदको अभियानमा समेत ल्याउन उत्तिकै प्रभावकारी हुनेमा आफू विश्वस्त रहेको उल्लेख गरे ।

खेलकुद क्षेत्र लैङ्गिक समानताको क्षेत्र रहेको बताउँदै खेलकुद क्षेत्र पारदर्शिता र सुशासनतर्फ अघि बढाउन परिषदले अभियानको रुपमा अघि सारेको सदस्य सचिव शर्माले बताउँदै सबै खेल संघहरुको क्षमता अभिवृद्धि गर्न आवश्यक रहेको औंल्याए । उनले भने 'सबै खेल संघहरुको सस्थागत सुधार र क्षमता अभिवृद्धि गर्दै खेलकुद क्षेत्रको फलामे अनुशासनलाई कायम गर्दै खुट्टा तान्ने प्रवृतीको अन्त्य हुन आवश्यक छ ।'

खेलकुद क्षेत्रमा राज्यको लगानी बढाउन राजनितिक दलहरुलाई दवाव दिने गरी सबैले अभियानको रुपमा अघि बढाउनु पर्ने उनको भनाई थियो ।

 

गण्डकी प्रदेश टेनिस संघका अध्यक्ष बिनोद कायस्थले गण्डकीको टेनिस खेलमा विगतको इतिहासले विपन्न वर्गका बालबालिका बाटै सुरु भएकोले यस कार्यक्रम मार्फत पहिलो पटक सोही बर्गका बालबालिकालाई समेटिएको बताए । 

प्रशिक्षण कार्यक्रममा ६ वर्ष देखि १६ वर्ष सम्मका बालबालिकाहरुलाई दुई महिना प्रशिक्षण दिने कार्यक्रम रहेको छ । 

Bajaj Pulsar Motorcycle Ad
#खेल्छ गण्डकी

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

खेलाडीले खेल्न कोर्ट बुकिङ गरेर पैसा बुझाउनुपर्ने !

खेलाडीले खेल्न कोर्ट बुकिङ गरेर पैसा बुझाउनुपर्ने !

३८ वर्षको उमेरमा जोकोभिचको नयाँ कीर्तिमान 

३८ वर्षको उमेरमा जोकोभिचको नयाँ कीर्तिमान 

युरोप टूरमा चम्किएकी सिभाली 

युरोप टूरमा चम्किएकी सिभाली 

Bajaj Pulsar Motorcycle Ad
इरानसँग सहजै हार्‍यो नेपाल

इरानसँग सहजै हार्‍यो नेपाल

गोलरहित बराबरीमा सकियो पहिलो हाफ

गोलरहित बराबरीमा सकियो पहिलो हाफ

नेपालले माल्दिभ्सलाई हरायो

नेपालले माल्दिभ्सलाई हरायो

झन्डै ५ महिनापछि गोलपोस्टमा फर्किन अञ्जिला

झन्डै ५ महिनापछि गोलपोस्टमा फर्किन अञ्जिला

नेपालले महिला दृष्टिविहीन टी–२० क्रिकेट विश्वकप खेल्ने

नेपालले महिला दृष्टिविहीन टी–२० क्रिकेट विश्वकप खेल्ने

भारत पुगेको नेपाली टोलीलाई बसोबासमा विभेद !

भारत पुगेको नेपाली टोलीलाई बसोबासमा विभेद !

मियामीमा रहन पाउँदा खुसी छन् मेसी

मियामीमा रहन पाउँदा खुसी छन् मेसी

६ वर्षपछि फेरि इरानविरुद्ध खेल्दै नेपाल

६ वर्षपछि फेरि इरानविरुद्ध खेल्दै नेपाल