आइस हक्की संघ पाठकको निरन्तरता
शुक्रबार, फागुन २५, २०८०खेलपाटी संवाददाता

काठमाडौं । नेपाल आइस हक्की संघको चुनावी साधारण सभाले भुवन पाठकलाई अध्यक्षमा निरन्तरता दिदै ११ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको छ ।
शुक्रबारको सभाले उपाध्यक्षमा विजय खड्का, गणेशप्रसाद रिमाल र मनोजकुमार ढुंगेल, महासचिवमा राजेश रिजाल, सचिवमा दिपकराम नेपाल तथा कोषाध्यक्षमा ठाकुरप्रसाद पौडेललाई निर्वाचित गरेको छ ।
प्रज्ज्वल थापा, दिपेन योकपाङदेन, कमलेशकुमार मण्डल र प्रतिक लोहनी सदस्यमा चयन भए ।
कोटेश्वरमा भएको साधारण सभाको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए ।
#आइस हक्की संघ










-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


