बुधबार, असोज १, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
  4. /
  5. बाँकेमा पहिलो पटक 'एन्फा कम्युनिटी कोचिङ्ग कोर्ष' 

बाँकेमा पहिलो पटक 'एन्फा कम्युनिटी कोचिङ्ग कोर्ष' 

२०२४ मार्च २, शनिबारखेलपाटी संवाददाता

बाँकेमा पहिलो पटक 'एन्फा कम्युनिटी कोचिङ्ग कोर्ष' 

बाँके । बाँके जिल्लाको कोहलपुरमा पहिलो पटक 'एन्फा कम्युनिटी कोचिङ्ग कोर्ष' सुरु भएको छ ।

चार दिनसम्म कोहलपुरको १३ बिघामा सञ्चालन हुने कोचिङ्ग कोर्षलाई एन्फाका कार्यवाहक प्राविधिक निर्देशक हरि खड्का र एन्फाका शिक्षा प्रमुख कोच सञ्जित सिंहले प्रशिक्षण दिने छन् ।

बाँके जिल्ला फुटबल संघको गठनपश्चात पहिलोपटक आयोजना भएको प्रशिक्षण कार्यक्रमलाई कोहलपुर नगरपालिकाको सभाहलमा शनिबार औपचारिक कार्यक्रम गरी उद्घाटन गरिएको छ ।

उद्घाटन कार्यक्रममा कोहलपुरका मेयर पूर्णप्रसाद आचार्य, उपमेयर संगिता सुवेदी, राष्ट्रिय खेलकुद परिषद राखेपका बोर्ड सदस्य एलवि क्षेत्री, एन्फाका कार्यवाहक प्राविधिक निर्देशक हरि खड्का, एन्फाका एजुकेशन हेड सञ्जित सिंह, एन्फाका केद्रीय सदस्य एवम् बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाही, लुम्बिनी प्रदेश प्रशिक्षक जनक केसीलगायतको उपस्थिति रहेको थियो । 

कार्यक्रममा कोहलपुरका मेयर आचार्यले कोहलपुरमा एन्फाका पदाधिकारी प्रशिक्षणका लागि आउनु गौरवको कुरा रहेको बताए । 

उनले भने, 'अन्तर्राष्ट्रिय फुटबल खेलमा नेपाललाई प्रतिनिधित्व गराउन नेपाली टीमलाई लिड गर्नु भएका हरी खड्का कोहलपुरमा उपस्थित हुनुलाई हामी सबैले गौरव ठान्नु पर्छ ।'

आचार्यले कोहलपुरमा रहेका १५ वटै वडालाई समावेश गराउने गरी प्रशिक्षण कार्यकम आयोजना भएको र यो प्रशिक्षणबाट कोहलपुरले राम्रा कोचहरु पाउने बताए ।

'हामी खेलकुद आयोजना गर्दै गर्दा कोचहरुको अभाव झेलिरहेका हुन्छौं । अब यो प्रशिक्षणले त्यो अभाव अन्त्य गर्छ भन्ने लाग्छ ।' उनले भने ।

 
एन्फाका केद्रीय सदस्य एवम् बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले कोहलपुर नगरपालिकालाई धन्यवाद दिँदै पश्चिम क्षेत्रमा कोहलपुरले खेलकुदको क्षेत्रलाई प्राथमिकता दिइरहेको बताए ।

उनले कोहलपुरमा पनि अन्तर्राष्ट्रियस्तरको खेलकुद प्रतियोगिता आयोजना गर्न मिनी रंगशालाको अवधारणा लिएर अघि बढ्न आबश्यक रहेको बताए । उनले हाल 'डी' लाइसेन्सको प्रशिक्षण आयोजना भए पनि भविष्यमा 'सी' लाइसेन्सको पनि प्रशिक्षण आयोजना गरिने बताए । 

प्रशिक्षणमा बाँके, दाङ, कपिलवस्तुलगायत ६ वटा जिल्लाका ३५ बढी प्रशिक्षार्थीको सहभागीता रहेको छ ।

कोहलपुर नगरपालिका र रेसिङ साहारा क्लबबीचको सहकार्य र एन्फाको सहयोगमा कोचिङ्ग कोर्ष सञ्चालन भएको हो ।

#एन्फा कम्युनिटी कोचिङ्ग कोर्ष
Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

Bhat Bhateni
पाकिस्तानको जितमा अब्दुल्लाहको ह्याट्रिक

पाकिस्तानको जितमा अब्दुल्लाहको ह्याट्रिक

माल्दिभ्सको पोस्टमा भारतको आधा दर्जन गोल

माल्दिभ्सको पोस्टमा भारतको आधा दर्जन गोल

पीएसजीलाई रोक्न सक्ने को?

पीएसजीलाई रोक्न सक्ने को?

फुटबलबाट उम्टिटीले लिए बिदा

फुटबलबाट उम्टिटीले लिए बिदा

सुपर फोमा पुग्यो भारत

सुपर फोमा पुग्यो भारत

नेपालको जितमा समीरको २ गोल

नेपालको जितमा समीरको २ गोल

एन्फा यु–१६ र ‘ए’ डिभिजन लिगका बैठक स्थगित

एन्फा यु–१६ र ‘ए’ डिभिजन लिगका बैठक स्थगित

घरेलु फुटबलका सबैखाले गतिविधि स्थगित

घरेलु फुटबलका सबैखाले गतिविधि स्थगित