सोमबार, २९ मंसिर २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. विद्यालय खेलकुद
Bhat Bhateni Supermarket Ad

अन्तरविद्यालय फुटसलमा स्वस्तिश्री च्याम्पियन

शुक्रबार, १८ फाल्गुण २०८०खेलपाटी संवाददाता
अन्तरविद्यालय फुटसलमा स्वस्तिश्री च्याम्पियन
Classic Tech Internet Ad

काठमाडौं । आयोजक स्वस्तिश्री गुरुकुलले तेश्रो एसजी अन्तरविद्यालय छात्र फुटसल प्रतियोगिताअन्तर्गत यु–१६ को उपाधि जितेको छ ।

शुक्रबार सानो भर्याङस्थित आयोजककै हातामा भएको फाइनलमा स्वस्तिश्री गुरुकुलले पाठशाला नेपाल फाउन्डेसनलाई टाइब्रेकरमा ४–३ गोलले पराजित गर्यो ।शुक्रबार सानो भर्याङस्थित आयोजककै हातामा भएको फाइनलमा स्वस्तिश्री गुरुकुलले पाठशाला नेपाल फाउन्डेसनलाई टाइब्रेकरमा ४–३ गोलले पराजित गर्यो ।

निर्धारित समयको खेल १–१ गोलको बराबरीमा टुंगिएको थियो । पारामाउन्ट स्कुल तेश्रो भयो ।

स्वस्तिश्रीका रिहानमान जोशी उत्कृष्ट गोलरक्षक, स्वस्तिश्रीका आरोभ शर्मा उत्कृष्ट खेलाडी र पाठशालाका मनिल अधिकारी सर्वाधिक गोलकर्ता घोषित भए । निसर्ग वाटिकाले अनुशासित टिमको ट्रफी हात पार्यो ।

यु–१४ उमेरसमूह रिब्स च्याम्पियन बन्यो । रिब्सले फाइनलमा स्वस्तिश्री गुरुकुललाई ३–० गोलअन्तरले  हरायो । रिब्सका लागि ब्लेस गुरुङले २ तथा श्रमन गुरुङले १ गोल गरे । द एक्सेल्सियर स्कुल तेश्रो बन्यो ।

रिब्स स्कुलका आयुश केसी उत्कृष्ट गोलरक्षक चुनिए भने रिब्सकै ब्लेस गुरुङ सर्वाधिक गोलकर्ता बने । स्वस्तिश्रीका दिप खत्री उत्कृष्ट खेलाडी ठहरिए ।

यु–१२ मा बह्मकुञ्ज पहिलो भयो । फाइनलमा ब्रम्हकुञ्जले रिब्सलाई १–० गोलले पाखा लगायो ।  ब्रम्हकुञ्जका जेम्स राईले निर्णायक गरे । ब्राइट फ्युचर तेश्रो स्थानमा रह्यो ।

ब्राइट फ्युचरका कृपाल लम्साल सर्वाधिक गोलकर्ता बन्न सफल भए । रिब्सका सागरकुमार यादव उत्कृष्ट गोलरक्षक तथा ब्रम्हकुञ्जका सम्बृद्ध कुँवर एलेक्स उत्कृष्ट खेलाडी बने ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला, काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गणेश कक्षपती, ब्राइट फ्युचर स्कुलका प्रधानाध्यापक दयाराम थापा, राष्ट्रिय महिला फुटबल टोलीकी खेलाडी सरु लिम्बू, स्वस्तिश्रीकी प्रबन्ध निर्देशक मीना महर्जन, प्रधानाध्यापक नेहा केसी, अतिरिक्त क्रियाकलापका संयोजक राकेशकुमार राईलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरेका थिए ।

Bajaj Pulsar Motorcycle Ad
# स्वस्तिश्री च्याम्पियन

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

 तालबेसीले जित्यो एनपीएस अन्तरविद्यालय फुटबल प्रतियोगिता

तालबेसीले जित्यो एनपीएस अन्तरविद्यालय फुटबल प्रतियोगिता

एनपीस यू–१६ अन्तरविद्यालय फुटबल : रोमाञ्चक खेलसँगै सेमिफाइनल दौड तिव्र

एनपीस यू–१६ अन्तरविद्यालय फुटबल : रोमाञ्चक खेलसँगै सेमिफाइनल दौड तिव्र

अर्को सातादेखि एनकेएल नेक्स्टजेन अन्तर स्कुल कबड्डी

अर्को सातादेखि एनकेएल नेक्स्टजेन अन्तर स्कुल कबड्डी

Bajaj Pulsar Motorcycle Ad
एन्फा महिला च्याम्पियनसिपको उद्घाटन खेलमा पुलिस र रियाले भिड्ने

एन्फा महिला च्याम्पियनसिपको उद्घाटन खेलमा पुलिस र रियाले भिड्ने

एसिया कपको सेमिफाइनलमा पुग्ने नेपालको सम्भावना लगभग समाप्त

एसिया कपको सेमिफाइनलमा पुग्ने नेपालको सम्भावना लगभग समाप्त

नेपालले बंगलादेशलाई दियो सामान्य लक्ष्य

नेपालले बंगलादेशलाई दियो सामान्य लक्ष्य

झापा गोल्डकप माघ अन्तिम साता

झापा गोल्डकप माघ अन्तिम साता

दक्षिण अफ्रिकामाथि भारतको रवाफिलो जित

दक्षिण अफ्रिकामाथि भारतको रवाफिलो जित

बायर्नलाई लज्जास्पद हारबाट केनले जोगााए

बायर्नलाई लज्जास्पद हारबाट केनले जोगााए

आर्सनलमाथि दबाब बढाउँदै सिटी र भिल्ला

आर्सनलमाथि दबाब बढाउँदै सिटी र भिल्ला

एमबाप्पेको सुखद् पुनरागमन

एमबाप्पेको सुखद् पुनरागमन