शुक्रबार, कार्तिक १, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. साहसिक खेलकुद
Bhat Bhateni Supermarket Ad

ओपन लिड क्लाइम्बिङ फागुन २६ गते हुने

बिहिबार, फागुन १७, २०८०खेलपाटी संवाददाता
ओपन लिड क्लाइम्बिङ फागुन २६ गते हुने
Classic Tech Internet Ad

काठमाडौ । काठमाण्डौ स्पोर्ट क्लाइम्बिङ सेन्टरको आयोजनामा फागुन २६ गते मुसा मसला एण्ड वाङ्चुक पिक ओपन लिड क्लाइम्बिङ च्याम्पियनसिप आयोजना हुने भएको छ ।

आयोजकले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एक दिने प्रतियोगिता काठमाडौं कालधारा पकनाजोलस्थित काठमाडौं स्पोर्ट क्लाइम्बिङ सेन्टरमा हुने जानकारी गराएको हो ।

खुल्ला प्रतियोगिता भएकोले १४ वर्ष भन्दा माथिका राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरुले यस प्रतियोगितामा भाग लिन पाउने काठमाडौं स्पोर्ट क्लाइम्बिङ सेन्टरका प्रवन्ध निर्देशक प्रनिलमान श्रेष्ठले जानकारी दिए ।

प्रतियोगिता अन्तराष्ट्रिय महासंघ आईएफएससीद्वारा प्रतिपादित नियम र मापदण्ड अनुसार संचालन गरिनेछ । प्रतियोगितामा महिला तथा पुरुष गरी अनुमानित ५० जना खेलाडीहरु सहभागि हुने आयोजकले जनाएको छ ।

स्पोर्ट क्लाइम्बिङमा मुख्यगरी बोल्डरिङ, लिड र स्पीड गरी तीन विधा हुने भएपनि अन्तर्राष्ट्रिय नियम अनुसार नै यस पटक लिड प्रतियोगिता गर्न लागेको श्रेष्ठले जानकारी दिए ।

यस प्रतियोगिताको प्राविधिक सहयोगिको रुपमा नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक संघ रहेको छ । उनीहरुले प्रतियोगिता अवधिभर निर्णायक मण्डल तथा अन्य प्राविधिक पक्षलाई सम्हाल्ने छन् । प्रतियोगिता अवधिभर सुरक्षाको प्रत्याभुति हुने गरि, भैपरि आउन वा हुनसक्ने जोखिम तथा दुर्घटनालाई हेरेर सहभागी प्रतियोगीहरु तथा प्राविधिक व्यक्तिहरुको न्यूनतम अवधिसम्मलाई बिमाको व्यवस्था गरिनेछ ।

प्रतियोगिता आयोजनाको उद्देश्य यस खेल र यस खेलकुदमा आवद्ध हुने सम्पूर्ण खेलाडी, खेलकर्मी, प्राविधिक र अन्य पक्षहरुको मनोवल उच्च राखी अझ यस क्षेत्रको विकास प्रवर्द्धन गर्नुका साथै देशमा साहसिक खेल र पर्यटनको प्रचार प्रसार गरि राजश्वमा टेवा पुर्याउनु पनि रहेको प्रवन्ध निर्देशक श्रेष्ठले जानकारी दिए ।

प्रतियोगिताको क्वालिफिकेसन राउण्ड बिहान ८ देखि १२ बजेसम्म हुनेछ । त्यसबाट महिला ८ र पुरुष ८ खेलाडी अन्तिम चरणमा छनोट हुनेछ । फाइनल चरणको खेल दिउँसो २ देखि ६ बजेसम्म हुनेछ ।

अन्तिम चरणपछि फाईनल राउण्डद्वारा महिला तथा पुरुष बाट समान रुपमा प्रथम, द्वितिय र तृतिय विजेताहरु घोषित गरिनेछ । विजेताले नगद २० हजार पाउनेछ भने दोस्रोले १० हजार र तेस्रोले ५ हजार पाउनेछ ।

प्रतियोगिताको मुख्य प्रायोजक संयुक्त रुपमा अमेरिकी गैर नाफामुलक संस्था मुसा मसला र नेपालस्थीत वाङ्चुक पिक प्रोमोसन रहेको छ ।

दुवै संस्थाले विगत दुई तीन वर्षदेखि नेपालमा हुने हरेक स्पोर्ट क्लाइम्बिङ खेलकूद गतिविधिहरुमा सहकार्य गर्नका साथै उनीहरुले हरेक वर्ष आफै पनि प्रतियोगिता आयोजना गर्दै आईरहेका छन् ।

मुसा मसलाका नेपाल प्रतिनिधि लाक्पा शेर्पाले वाङ्चुक पिकले पनि हरेक वर्ष क्लाइम्बिङ प्रतियोगिता गर्दै आइरहेको र दुवै पक्षको उदेश्य मिलेकोले प्रायोजन गरेको जानकारी दिइन् ।

प्रतियोगिताको अन्य प्रायोजकहरुमा स्पोर्ट क्लाइम्बिङ्ग सेन्टरलाई प्रायोजन गर्दै आईरहेको ईटालियन ब्राण्ड स्कार्पा रहेको छ ।

Bajaj Pulsar Motorcycle Ad
#ओपन लिड क्लाइम्बिङ

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

वर्ल्ड युनियन क्वानकिडो कार्यशाला काठमाडौंमा सुरु

वर्ल्ड युनियन क्वानकिडो कार्यशाला काठमाडौंमा सुरु

केभिआर समिट च्यालेन्ज शनिबारदेखि

केभिआर समिट च्यालेन्ज शनिबारदेखि

रजत पदक विजेता सुनमाया स्वदेश फर्किईन्

रजत पदक विजेता सुनमाया स्वदेश फर्किईन्

Bajaj Pulsar Motorcycle Ad
भारत र अस्ट्रेलियाविरुद्ध खेल्ने रोहितको इच्छा !

भारत र अस्ट्रेलियाविरुद्ध खेल्ने रोहितको इच्छा !

फिफा वरीयतामा नेपाल ९ वर्षपछि सबैभन्दा खराब स्थानमा

फिफा वरीयतामा नेपाल ९ वर्षपछि सबैभन्दा खराब स्थानमा

अपराजित रहँदै नेपालले जित्यो उपाधि

अपराजित रहँदै नेपालले जित्यो उपाधि

नेपालको पोस्टमा एक दर्जन गोल

नेपालको पोस्टमा एक दर्जन गोल

सामोआलाई नेपालको विशाल लक्ष्य

सामोआलाई नेपालको विशाल लक्ष्य

एन्फा प्रेसिडेन्ट लिगको उद्घाटन खेलमा चित्लाङ र देउराली भिड्ने

एन्फा प्रेसिडेन्ट लिगको उद्घाटन खेलमा चित्लाङ र देउराली भिड्ने

मलेसियासँगको हारलाई जितमा बदल्न एन्फाले हाल्यो उजुरी

मलेसियासँगको हारलाई जितमा बदल्न एन्फाले हाल्यो उजुरी

बंगलादेशलाई ग्रासरुट फुटबलमा एएफसीको अवार्ड

बंगलादेशलाई ग्रासरुट फुटबलमा एएफसीको अवार्ड