• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
गल्फ
  • गृहपृष्ठ
  • गल्फ
कोर्स रेकर्ड सहित भुवन शीर्षमा कायमै
खेलपाटी संवाददाता
बिहीबार, फागुन १०, २०८० खेलपाटी संवाददाता
कोर्स रेकर्ड सहित भुवन शीर्षमा कायमै

पोखरा । पूर्व नम्बर एक प्रो गल्फर भुवन नगरकोटी सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको चौंथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपनको दोस्रो दिन कोर्स रेकर्ड सहित शीर्षस्थानमा कायमै रहेका छन्। 

पोखरास्थित पार-६९ को हिमालयन गल्फ कोर्समा ७-अन्डर ६२ को रेकर्ड सहित भुवनले ३६ होलको समाप्तीमा १०-अन्डर १ सय २८ को उत्कृष्ट प्रदर्शन गरे। उनले सन् २०१७ मा शिवराम श्रेष्ठको नाममा रहेको ६-अन्डर ६३ को रेकर्ड तोडेका हुन्। 

भुवनले रवि खड्का र एमेच्योर गल्फर सदभाव आचार्यमाथि ११ स्ट्रोकको सानदार अग्रता बनाउँदै उपाधि जित्ने सम्भावनालाई मजबुत बनाएका छन। समग्रमा १-ओभर १ सय ३९ को नतिजामा रवि र राष्ट्रिय गल्फ टिमका सदस्य सदभाव संयुक्तरुपमा दोस्रो स्थानमा छन। रबिले १-ओभर ७० र  सदभावले ३-ओभर ७२ मा दोस्रो दिनको खेल सकाए। 

समग्रमा ४-ओभर १ सय ४२ सहित धरानका प्रो निरज तामाङ चौथो स्थानमा रहे। उनले आज ४-ओभर ७३ को कार्ड तयार पारे। प्रदीप कुमार लामा र दीपक मगरले समग्रमा ६-ओभर १ सय ४४ को नतिजामा पाँचौ स्थान बाँडे। प्रदीपले इभन-पार ६९ र दीपकले ३-ओभर ७२ मा दोस्रो दिनको खेल पुरा गरे। 

यसैगरी जयराम श्रेष्ठ, शिवराम पौडेल, दल बहादुर लामा, बलभद्र राई र एमेच्योर सुन्दर राई समग्रमा ७-ओभर १ सय ४५ सहित संयुक्तरुपमा सातौं स्थानमा रहेका छन। जयरामले १-अन्डर ६८, शिवराम पौडेलले २-ओभर ७१, दल बहादुरले ३-ओभर ७२ तथा बलभद्र र सुन्दरले समान ४-ओभर ७३ स्कोर गरे। 

भुबहादुर गुरुङ, भुवन कुमार रोक्का, पशुपति शर्मा, सञ्जय लामा, दिनेश प्रजापति, युवराज भुजेल, टंक बहादुर कार्की, सुर्य प्रसाद शर्मा, कृष्णमान राजबाहक, रामे मगर, सञ्जीव बहादुर नेपाली, धन बहादुर थापा तथा एमेच्योर प्रज्वल गुरूङ  सुरेश तामाङले कट बनाएका छन् । 

३६ होलको समाप्तीमा १४-ओभर १ सय ५२ स्कोर दर्ज गरेका २१ प्रोफेसनल र ४ एमेच्योर खेलाडीले कट बनाएका छन। ५४ होलको तीन दिने प्रतियोगिताको अन्तिम १८ होलको खेल भोलि हुनेछ।

एसिया क्षेत्रकै कठिन मध्येको एक मानिएको हिमालयन गल्फ कोर्समा भुवनले बोगी रहित कार्ड बनाउने क्रममा सात वटा बर्डी दर्ज गरे। पहिलो, चौथो र नवौं होलमा एक-एक सट बचाउँदा फ्रन्ट नाइन ३-अन्डर ३१ मा पुरा गरे। यही लयलाई निरन्तरता दिदै उनले ११औं, १४औ, १५औं र १८ औं होलमा बर्डीको सफलता प्राप्त गदै ब्याक नाइन ४-अन्डर ३१ मा सकाए। 

यो लोभलाग्दो प्रदर्शनमा भुवन करियरको ११ औं उपाधि नजिक पुगेका छन। सन् २०२२ को डिसेम्बरमा सुर्य नेपाल काठमाडौं ओपनको उपाधि जितेपछि भुवन उपाधि विहिन छन् । 

रबिले सुरूवात राम्रो गर्न सकेनन्। छैटौं, सातौं र नवौं होलको बोगीले फ्रन्ट नाइन ३-ओभर ३७ मा सकाए। यसपछि ब्याक नाइनमा भने सम्हालिदै २-अन्डर ३३ मा पुरा गरे। उनले १३औं होलमा एक सट खेर फाले भने १०औं‌, १२औं र १४औं होलमा बर्डी प्रहार गरे। 

एमेच्योर सदभावले फ्रन्ट नाइन १-ओभर ३५ मा सकाए। पहिलो देखि आठौं होलसम्म पार बचाएका उनले ४-पारको नवौं होलमा एक सट खेर फाले। ब्याक नाइन भने नाटकीय बन्यो। १०औं र ११औं होलमा लगातार डबल बोगी र १२औं होलमा बोगी खेप्दा सदभाव ६-ओभरको स्थितिमा पुगिसकेका थिए। तर यसपछि उनले १३औं, १४औं र १५औं होलमा लगातार तीन बर्डी प्रहार गरे।

निरजले छैटौं होलको बर्डीको मद्दतमा फ्रन्ट नाइन १-अन्डर ३३ मा सकाए। तर ब्याक नाइनमा निराशाजनक प्रदर्शन गरे। १०औं होलमा बर्डी प्रहार गरेपनि ११औ, १६औं र १७औं होलमा बोगी र ४-पारको १३औं होलमा ट्रीपल बोगी खेपे। ब्याक नाइन ५-ओभर ४० मा सकाउन बाध्य भए। 

काठमाडौं बाहिर हुने दुई प्रतियोगिता मध्ये एक, सूर्य नेपाल वेस्टर्न ओपनमा ३५ प्रोफेसनल र १५ एमेच्योर खेलाडीको सहभागीता रहेको छ।

एमेच्योर गल्फर भरत थापा मगरले लगातार दोस्रो दिन होल इन वानको सफलता प्राप्त गरेका छन् । उनले आज ३-पारको सातौं होलमा यो सफलता प्राप्त गरे। हिजो उनीसँगै विदुर तामाङले चौथो होलमा होल इन वान प्रहार गरेका थिए। 

कुल ८ लाख ४० हजार नगद पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले १ लाख ४० हजार, तथा दोस्रो र तेस्रो हुनेले क्रमश ९६ हजार र ७२ हजार नगद पुरस्कार प्राप्त गर्ने छन्। चौंथो र पाँचौं स्थान प्राप्त गर्न प्रोफेसनल खेलाडीले क्रमशः ५९ हजार र ५० हजार हात पार्ने छन। साथै उत्कृष्ट २१ मा पर्न सफल अन्य गल्फरले नगद हात पार्ने छन्।

प्रतियोगिताको अन्तिम दिन शनिबार प्रो-एम प्रतियोगिता हुनेछ। सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गत जारी सिजनमा कुल आठ प्रतियोगिता रहेका छन्। जसमा कुल ६५ लाख नगद पुरस्कार रहेको छ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सोमबारदेखि
सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सोमबारदेखि
नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिप मंगलबारदेखि
नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिप मंगलबारदेखि
कोर्स रेकर्डसहित शुक्रलाई उपाधि
कोर्स रेकर्डसहित शुक्रलाई उपाधि
भुवन र नीरज क्वार्टरफाइनलमा
भुवन र नीरज क्वार्टरफाइनलमा
बाह्रखरी गल्फको उपाधि दोर्जेलाई
बाह्रखरी गल्फको उपाधि दोर्जेलाई
बाह्रखरी गल्फको विजेतालाई  ‘सुनको बल’
बाह्रखरी गल्फको विजेतालाई ‘सुनको बल’
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
प्राज्नालाई आरम्भको सम्मान
प्राज्नालाई आरम्भको सम्मान
एक पेनाल्टीले चकनाचुर भयो प्यालेस्टाइनको विश्वकप सपना
एक पेनाल्टीले चकनाचुर भयो प्यालेस्टाइनको विश्वकप सपना
लिग च्याम्पियन चर्च ब्वाइजसहित १६ क्लबले महिला फुटबल लिग छनोट खेल्ने
लिग च्याम्पियन चर्च ब्वाइजसहित १६ क्लबले महिला फुटबल लिग छनोट खेल्ने
टेलले अब टोटनह्यामबाटै खेल्ने
टेलले अब टोटनह्यामबाटै खेल्ने
बलियो नेदरल्यान्ड्सलाई नेपालको चुनौती
बलियो नेदरल्यान्ड्सलाई नेपालको चुनौती
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP