सोमबार, २९ मंसिर २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

बजेटमै रुमलियो एन्फा बैठक !

शनिबार, ०५ फाल्गुण २०८०खेलपाटी संवाददाता
बजेटमै रुमलियो एन्फा बैठक !
Classic Tech Internet Ad

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको कार्यसमिति बैठक वार्षिक बजेटको एजेण्डामै रुमलिएको छ ।

चालू आर्थिक वर्षको बजेट पारित गर्न बसेको कार्यसमिति बैठक वार्षिक बजेटको एजेण्डामै अल्झिएको हो । 

बिहीबार सुरु कार्यसमिति बैठकमा सदस्यहरुको गत आर्थिक वर्षको बजेटको अडिट रिपोर्टको माग गरेपछि छलफल स्थगित गरिएको थियो । शुक्रबार पुन बसेको कार्यसमिति बैठकमा सदस्यहरुले बजेटको सन्दर्भमा गम्भिर असहमती जनाएका छन् । 

आफुहरुसँग छलफलनै नगरि कार्यक्रम तथा बजेट कार्यसमिति बैठकमा पेश गरिएको भन्दै पदाधिकारी तथा सदस्यहरुको असहमती जनाएका हुन् । 

एन्फाले चालू आर्थिक वर्षको बजेट भन्दै अंग्रेजी वर्षको क्यालेन्डर कार्यसमिति बैठकमा प्रस्तुत गरेको छ । कार्यसमिति सदस्यहरुले अंग्रेजी वर्षको क्यालेन्डर पारित गराएर अर्को वर्षको बजेटमा आफुहरुलाई बाईपास गर्न खोजिएको आशंका ब्यक्त गरेका छन् ।

कार्यसमितिका एक सदस्यले कार्यसमिति बैठक दोस्रो एजेण्डा भन्दा तेस्रो एजेण्डामा सर्न नसकेको जानकारी दिए । 'तेस्रो एजेण्डामा बैठक छिर्न पाएको छैन । कुनैपनि पदाधिकारी, सदस्य र सरोकारवाला निकायसँग छलफलनै नगरि ल्याईएको बजेट कार्यक्रममा गल्ती देखिन्छ ।' तीन अधिकारीले भने ।

कार्यसमिति सदस्यका एजेण्डा बैठकमा नराखिएको भन्दै बिहिबारको बैठक निकै ढिला गरि सुरु भएको थियो । शुक्रबार समेत बैठकले कुनै एजेण्डामा ठोस निर्णय गर्न सकेन । शनिबारको बैठक दिउँसो १ बजेसम्म बस्न सकेको छैन । 

एन्फा प्रवक्ता सुरेश साहले बजेटको विषय निकैनै महत्वपुर्ण भएकाले छलफल लम्बिएको बताए ।

‘बजेट, अडिट रिपोर्ट, आर्थिकको एजेण्डा अलि ठुलो विषय पनि भयो । सदस्यहरुले समय लिएर छलफलमा सहभागी भएपछि बैठक लम्बिएको हो । सदस्यहरुले एजेण्डामा पर्याप्त रुपमा बोल्न पाउने उहाँहरुको अधिकारको विषय पनि भयो ।’ साहले भने ।

एन्फाले फागनु १४ गते नियमित साधारण सभा बैठक बोलाएको छ । सोही सभाबाट पारित गर्नका लागि बजेट कार्यसमिति बैठकबाट निर्णय गराउन खोजिएको हो । पर्याप्त छलफल बिनै बजेट कार्यसमिति बैठकमा प्रस्तुत गरिएपछि विवाद उत्पन्न भएको छ । 
 

Bajaj Pulsar Motorcycle Ad
#एन्फा बैठक

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेपको रिक्त बोर्ड सदस्य नियुक्तिको तयारी

राखेपको रिक्त बोर्ड सदस्य नियुक्तिको तयारी

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

Bajaj Pulsar Motorcycle Ad
एन्फा महिला च्याम्पियनसिपको उद्घाटन खेलमा पुलिस र रियाले भिड्ने

एन्फा महिला च्याम्पियनसिपको उद्घाटन खेलमा पुलिस र रियाले भिड्ने

एसिया कपको सेमिफाइनलमा पुग्ने नेपालको सम्भावना लगभग समाप्त

एसिया कपको सेमिफाइनलमा पुग्ने नेपालको सम्भावना लगभग समाप्त

नेपालले बंगलादेशलाई दियो सामान्य लक्ष्य

नेपालले बंगलादेशलाई दियो सामान्य लक्ष्य

झापा गोल्डकप माघ अन्तिम साता

झापा गोल्डकप माघ अन्तिम साता

दक्षिण अफ्रिकामाथि भारतको रवाफिलो जित

दक्षिण अफ्रिकामाथि भारतको रवाफिलो जित

बायर्नलाई लज्जास्पद हारबाट केनले जोगााए

बायर्नलाई लज्जास्पद हारबाट केनले जोगााए

आर्सनलमाथि दबाब बढाउँदै सिटी र भिल्ला

आर्सनलमाथि दबाब बढाउँदै सिटी र भिल्ला

एमबाप्पेको सुखद् पुनरागमन

एमबाप्पेको सुखद् पुनरागमन