नासा नेपालको वार्षिक कार्ययोजना पारित
काठमाडौं । नेपालमा मोटर स्पोर्ट्सको क्षेत्रमा काम गर्ने खेलकुद संस्था नेपाल अटोमोबाइल्स एसोसिएसन नासा नेपालको कार्यसमिति बैठककले वार्षिक कार्ययोजना पारित गरेको छ ।
सोमबार संघको कन्द्रिय कार्यालय सातदोबाटोमा दशरथ रिसालको अध्यक्षतामा सम्पन्न भएको बैठकले संघको वार्षिक तथा आवधिक कार्ययोजना पारित गरेको छ ।
बैठकले रिक्त रहेको उपाध्यक्ष पदमा आशिष गजुरेल तथा सम्झना शाह पोखरेललाई चयन गरेको छ भने २३ विभिन्न विषयगत कमिसन, कार्यदल र जिम्मेवारी तोकेको छ ।
संघको विधानमा व्यवस्था भए बमोजिम संघमा तीन टायर (सल्लाहकार, कार्यसमिति तथा सचिवालय) को व्यवस्था अनुसारको संघको सल्लाहकारहरुमा धनञ्जय रेग्मी, डा. शिवजी यादव, शिवहरी सापकोटा, शिवप्रसाद घिमिरे, ठाकुरप्रसाद न्यौपाने, अच्युत गुरागाई, डिल्लीराज सुवेदी, ऋतु भट्ट, चङ्की क्षेत्री र अनिल भण्डारीलाई चयन गरेको छ ।
साथै गोविन्द भट्टराई, सन्तोष न्यौपाने, महेश अधिकारी, कमला छेत्री, यदुराज लामिछाने, स्पोर्टस म्यानेजर तथा नासा फाउन्डेसनका प्रतिनिधि रहेको सात सदस्यीय सचिवालय समेत अनुमोदन गरेको छ ।
बैठकले साधारण सभाको निर्णय अनुसार आर्थिक नियमावली, इभेन्ट व्यवस्थापन नियमावली तथा प्रदेश संघ, क्लब तथा सचिवालय सञ्चालन नियमावली पारित गरेको छ भने ¥यालीक्रस, अटोक्रस तथा गियर एण्ड ग्याजेट सम्बन्धी प्राविधिक मापदण्ड समेत तयार गरेको छ ।
देशका सातवटै प्रदेशमा रहेका प्रदेश संघको साधारणसभा तथा निर्वाचन यथासक्य छिटोे अगाडि बढाउने निर्णय गरेको छ । बैठकले एसोसिएट र क्लबलाई समेत सक्रिय रुपमा परिचालन गर्ने निर्णय भएको छ ।
संघको मोबिलिटी र सडक सुरक्षा सम्बन्धी एसोसिएट पार्टनर नासा फाउन्डेसन नेपाललाई सो सम्बन्धी सम्पूर्ण कार्यको अख्तियारी दिएको छ ।
त्यस्तै आगामी अप्रिल २० देखि २२ मा ताइवानमा हुने ताइपेई इन्टरनेसनल अटो जिमखाना प्राइजमा खेलाडी सहभागी गराउने निर्णय गरेको छ । बैठकले ¥यालीक्रसका मार्सल तथा ड्राइभरलाई तालिम दिने, इमर्जिङ लिडरशिप प्रोग्राम तथा एथलेट अवार्ड प्रोग्राम समेत निकट भविष्यमा सञ्चालन गर्ने निर्णय गरेको छ ।
बैठकमा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, प्रदेश संघका अध्यक्ष तथा कमिसनमा संयोजक समेतकोे सहभागिता रहेको थियो ।











-1762660030983.webp&w=3840&q=75)


-1762650963668.webp&w=3840&q=75)
-1762650613586.webp&w=3840&q=75)
