काठमाडौं । क्यानडाविरुद्धको सिरिजमा डेब्यु गरेका हेमन्त धामीले नेपाललाई पहिलो सफलता दिलाएका थिए ।
सिरिजको तेस्रो तथा अन्तिम खेलमा राष्ट्रिय टिमबाट डेब्युको अवसर पाएका हेमन्तले डेब्यु खेलमै विकेट लिन सफल भएका छन् ।
हेमन्तले क्यानडाका ओपनर आरोन जोनसनलाई देव खनालको हातबाट क्याच आउट गराएका छन् ।
सुदूरपश्चिम प्रदेशबाट उमेर समूह हुँदै राष्ट्रिय स्तरमा उत्कृष्ट प्रर्दशन गरेका हेमन्तले राष्ट्रिय टिममा अवसर पाएका हुन् ।
नेपालले सोमबार क्यानडाविरुद्ध सिरिजको तेस्रो तथा अन्तिम खेल खेल्दैछ ।
नेपालले एक खेल अगावै सिरिज जितिसकेको छ । नेपाल सिरिज क्लिन स्विप गर्ने लक्ष्य सहित मैदान उत्रिएको छ ।