काठमाडौं । क्यानडाविरुद्धको एकदिवसीय क्रिकेट सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपालले टस जितेको छ ।
सोमबार कीर्तिपुर मैदानमा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ ।
एक खेल अगावै सिरिज जितेको नेपाल क्लिन स्विप गर्ने लक्ष्य सहित मैदानमा उत्रिएको छ ।
क्यानडाविरुद्धको अन्तिम खेलमा नेपालले हेमन्त धामीलाई डेब्युको मौका दिएको छ । सुदूरपश्चिम प्रदेशबाट उदाएका हेमन्तले राष्ट्रिय टिममा डेब्युको अवसर पाएका हुन् ।
नेपालको प्लेईङ सेटमा कुशल भुर्तेल ओपनिङमा फर्कदा अनिल साह, रोहित पौडेल, देव खनाल, भिम सार्की, पवन सरार्फ, आरिफ शेख, कुशल मल्ल, ललित राजवंशी, आकाश चन्द र हेमन्त धामी रहेका छन् ।
नेपालले लगातार दुई खेलमा नतिजा निकाल्दै सिरिज यसअघिनै जितिसकेको छ ।
डब्लूसीएल लिग टू अन्तर्गतको खेलको तयारी स्वरुप नेपाल क्रिकेट संघ क्यानले सिरिजको आयोजना गरेको हो ।