काठमाडौं । एसीसी वुमन्स प्रिमियर कप क्रिकेटमा नेपालले भुटानलाई सहजै हराएको छ ।
मलेसियामा जारी प्रतियोगितामा नेपालको राष्ट्रिय महिला क्रिकेट टिमले भुटानलाई ८ विकेटले हराएको हो ।
भुटानले प्रस्तुत गरेको ६६ रनको लक्ष्य नेपालले मात्र ११ दशमलव ५ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो ।
नेपालको जितमा सिता राना मगरले नटआउट ३२ रनको योगदान गरिन् । रुबिना क्षेत्री १७ रनमा अविजित रहिन् । कप्तान इन्दु वर्मा १ रनमा आउट भएको खेलमा ओपनर कबिता कँुवर ५ रनमा पोविलियन फर्किएकी थिईन् ।
भुटानकी अन्जु गुरुङ र अन्जुली घलेले समान एक एक विकेट लिएका थिए ।
सुरुवातमा ब्याटिङमा गरेको भुटानले निर्धारित ओभरमा ४ विकेट गुमाएर मात्र ६५ बनाएको थियो ।
भुटानका लागि नवाङ्ग छोदेनले सर्वाधिक २५ रन बनाईन् । छिरिङ जाग्मोले १६ र डेचेन वाग्मोले १७ रन बनाईन् । अन्यको प्रर्दशन उल्लेख्य रहेन ।
नेपालका कविता कुँवर, सिता राना मगर, इन्दु वर्मा र कबिता जोशीले समान एक एक विकेट लिएका थिए ।
समूह डीमा रहेको नेपालले लगातार दोस्रो जित दर्ता गरेको हो । शनिबार पहिलो खेलमा नेपालले हङकङलाई हराएको थियो । जित सहित नेपाल क्वार्टरफाइनल प्रवेशको नजिक पुगेको छ ।