काठमाडौं । क्यानडाविरुद्धको एकदिवसीय क्रिकेट सिरिजको दोस्रो खेलमा समेत कप्तान रोहित पौडेल प्लेयर अफ द म्याच चुनिएको छन् ।
दोस्रो खेलमा नेपाललाई जित दिलाउन सर्वाधिक ८७ रन बनाएका रोहित प्लेयर अफ द म्याच चुनिएका हुन् । उनले क्यानडाविरुद्ध बलिङ गर्दै दुई विकेट लिएका छन् ।
नेपालको जितमा कप्तान रोहितले १ सय १ बल खेल्दै ८ चौका र ४ छक्काको मदतले सो रन बनाए । क्यानडाविरुद्ध ८ ओभर बलिङ गरेको रोहितले ३२ रन खर्चिएर २ विकेट हात पारे ।
दोस्रो खेलमा क्यानडालाई ४ विकेटले हराउँदै नेपालले एक खेल अगावै सिरिज जितेको छ ।
पहिलो खेलमा समेत रोहितले सर्वाधिक ४ विकेट हात पार्दै नेपाललाई जित दिलाएका थिए । सिरिजको पहिलो खेलमा समेत रोहित प्लेयर अफ द म्याच घोषित भएका थिए ।