काठमाडौं । क्यानडाविरुद्धको एकदिवसीय सिरिजमा राष्ट्रिय टिमबाट डेब्यु गरेका आकाश चन्दले नेपाललाई पहिलो सफलता दिलाएका छन् ।
शनिबार दोस्रो खेलमा नेपालविरुद्ध उत्कृष्ट सुरुवात गरेको क्यानडाका ओपनर ब्याट्सम्यान नवनीत धालीवालको विकेट आकाशले लिएका हुन् ।
अर्धशतकतर्फ अघि बढेका नवनीतलाई आकाशले आसिफ शेखको हातबाट आउट गराए ।
कीर्तिपुर मैदानमा क्यानडाले टस जितेर सुरुवातमा ब्याटिङ गरेको छ । नेपाली बलरमाथि हाबी बन्दै क्यानडाले पहिलो विकेटका लागि ९४ रनको साझेदारी गरेको छ ।
तीन म्याचको एकदिवसीय सिरिजमा नेपाल १–० ले अघि छ । शनिबार जित निकाल्दै नेपाल एक खेल अगावै सिरिज जित्ने लक्ष्यमा छ ।
नेपालले डेब्लूसीएल लिग टूको यात्रा सुरु गर्नुअघि क्यानडालाई बोलाएर एकदिवसीय सिरिजको आयोजना गरेको हो ।