काठमाडौं । क्यानडाविरुद्धको एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपालले फिल्डिङमा उत्रिएको छ ।
शनिबार त्रिवि मैदानमा क्यानडाले टस जितेर ब्याटिङ रोजेपछि नेपाल फिल्डिङमा उत्रिएको हो ।
नेपालले क्यानडाविरुद्धको दोस्रो खेलमा राइट आर्म मिडियम पेस बलर आकाश चन्दलाई डेब्युको अवसर दिएको छ ।
पूर्व राष्ट्रिय खेलाडी शरद भेषवाकरले आकाशलाई डेब्यु क्याप दिएका छन् ।
क्यानडाविरुद्धको दोस्रो खेलमा नेपालले देव खनाल र अनिलकुमार साहलाई मौका दिएको छ । कुशल भुर्तेल र आरिफ शेखलाई बाहिर राख्दै देव र अनिललाई प्रशिक्षक मोन्टी देसाईले टिममा राखेका छन् ।
नेपालको प्लेईङ ११ मा कप्तान रोहित पौडेल सहित अनिलकुमार साह, देव खनाल, आसिफ शेख, कुशल मल्ल, भिम सार्की, पवन सरार्फ, सुुर्य तामाङ, सोमपाल कामी, रिजन ढकाल र आकाश चन्द रहेका छन् ।
रिजन र सुर्यले क्यानडाविरुद्धको पहिलो खेलमा डेब्युको अवसर पाएका थिए ।
तीन म्याचको एकदिवसीय सिरिजमा नेपाल १–० ले अघि छ । शनिबार जित निकाल्दै नेपाल एक खेल अगावै सिरिज जित्ने लक्ष्यमा छ ।
नेपालले डेब्लूसीएल लिग टूको यात्रा सुरु गर्नुअघि क्यानडालाई बोलाएर एकदिवसीय सिरिजको आयोजना गरेको हो ।