काठमाडौं । नेपालले त्रिकोणात्मक टी ट्वान्टी सिरिजको पहिलो नामिबियासँग खेल्ने भएको छ ।
डब्लूसीएल लिग टू लगत्तै सोही टिमसँग काठमाडौंमै हुने त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल र नामिबिया भिड्ने पक्का भएको हो ।
नेपाल क्रिकेट संघ क्यानले शुक्रबार खेल तालिका सार्वजनीक गर्दै सिरिजको पहिलो खेलको रुपमा फागुन १५ गते नेपाल र नामिबिया भिड्ने सार्वजनीक गरेको हो ।
डबल राउण्ड रोबिनका आधारमा हुने सिरिजमा फागुन १६ गतेनै नेपालले नेदरल्याण्ड्ससँग खेल्नेछ ।
नेपालले लिग चरणकै दोस्रो खेलमा नामिबियासँग फागुन १८ गते खल्नेछ । लिग चरणको अन्तिम खेलमा फागुन १९ गते नेदरल्याण्ड्ससँग नेपालले खेल्ने तालिका रहेको छ ।
फागुन २२ गते सिरिजको फाइनल खेल हुनेछ ।
आईसीसी डब्लूसीएल लिग टू अन्तर्गतका म्याच खेल्न नामिबिया र नेदरल्याण्ड्स नेपाल भ्रमणमा आउदैछन् ।
लिग टू अन्तर्गतको पहिलो सिरिज सकेर सोही टिमसँग टी ट्वान्टी सिरिज खेल्ने ब्यवस्था क्यानले मिलाएको हो ।