काठमाडौं । क्यानडाविरुद्धको एकदिवसीय सिरिजको पहिलो खेलमा कप्तान रोहित पौडेल प्लेयर अफ द म्याच चुनिएका छन् ।
नेपाललाई अविश्वसनीय जित दिलाउन महत्वपुर्ण भुमिका खेलेका रोहित प्लेयर अफ द म्याच चुनिएका हुन् ।
रोहितले जिततर्फ उन्मुख क्यानडालाई रोक्दै नेपाललाई विजयी बनाएका हुन् ।
रोहितले अन्तिम विकेटको रुपमा इशवरजोत सोहीलाई बोल्ड गरेका थिए । खेलमा रोहित महत्वपुर्ण चार विकेट लिए ।
कप्तान रोहितले ८ दशमलव ५ ओभर बलिङ गर्दै २ मेडन सहित २२ रन खर्चिएर ४ विकेट हात पारे ।
नेपालको इनिङ्समा रोहितले मात्र ८ रनको योगदान गर्न सके ।
रोहितकै उत्कृृष्ट बलिङ प्रर्दशनमा नेपालले सिरिजको पहिलो खेलमा क्यानडालाई ७ विकेटले हराएको थियो ।
सिरिज अन्तर्गतको दोस्रो खेल शनिबार त्रिवि मैदान कीर्तिपुरमा हुनेछ ।