काठमाडौं । राष्ट्रिय क्रिकेट टिमबाट सुर्य तामाङ र रिजन ढकालले डेब्यु गरेका छन् ।
बिहीबार काठमाडौंमा सुरु क्यानडाविरुद्धको एकदिवसीय सिरिजको पहिलो खेलमा दुवै खेलाडीले डेब्युको अवसर पाएका हुन् ।
घरेलु प्रतियोगितामा पीएम कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा दुवै खेलाडीले उत्कृष्ट प्रर्दशन गरेका थिए । सुर्य र रिजनले बागमती प्रदेशबाट राष्ट्रिय क्रिकेटमा प्रतिस्पर्धा गरेका थिए ।
सुर्य लेफ्ट आर्म स्पिनर हुन् भने रिजन लेफ्ट आर्म मिडियम पेस बलर हुन् ।
सुर्यले पीएम कपमा उत्कृष्ट प्रर्दशन गर्दै ९ खेलमा सर्वाधिक ३० विकेट लिएका थिए ।
रिजनले भने ९ खेलमा १५ विकेट लिएका थिए । उनले नेपालको उमेर समूहबाट समेत राष्ट्रिय टिममा प्रतिनिधित्व गरिसकेका छन् । नेपालको क्रिकेट टिममा देखिदै आएको लेफ्ट आर्म मिडियम पेस बलरको अभाव रिजनले पुरा गर्ने अपेक्षा गरिएको छ ।
डब्लुसीएल लिग टूको पूर्व तयारी स्वरुप नेपालले क्यानडाविरुद्धको सिरिज आयोजना गरेको हो ।
क्यानडाविरुद्धको सिरिजमा नेपालले केही नयाँ खेलाडीलाई समावेश गरेको छ । पहिलो खेलमा सुर्य र रिजनले मौका पाएका छन् ।