काठमाडौं । क्यानडाविरुद्धको एक दिवसीय सिरिजको पहिलो खेलमा नेपालले सुरुवातमा ब्याटिङ गर्ने भएको छ ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ ।
राष्ट्रिय टिमबाट सुर्य तामाङ र रिजन ढकालले डेब्युको अवसर पाएका छन् । दुवैले घरेलु प्रतियोगिता पीएम कपमा उत्कृष्ट प्रर्दशन गर्दै राष्ट्रिय टिममा स्थान बनाएका हुन् ।
कुशल भुर्तेल र आसिफ शेखले नेपालको ओपनिङ सम्हाल्दा रोहित पौडेल, कुशल मल्ल, भिम सार्की, आरिफ शेख, पवन सरार्फ, सोमपाल कामी, सुर्य तामाङ, राजिन ढकाल र ललित राजवंशीले प्लेईङ ११ मा स्थान बनाएका छन् ।
तीन म्याचको एक दिवसीय सिरिज नेपालले आयोजना गरेको हो। डब्लुसीएल लिग टू को सुरुवात गर्नुअघि नेपालले क्यानडा सिरिजलाई तयारीको रुपमा लिएको छ ।