काठमाडौं । क्यानडाविरुद्धको एकदिवसीय सिरिज आज बिहीबारबाट सुरु हुदैछ । त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान सवाँ ९ बजे सुरु हुनेछ ।
तीन म्याचको एकदिवसीय खेल्न क्यानडाको टिम नेपाल आएको हो । नेपालले डब्लुसीएल लिग टूको तयारी स्वरुप यस सिरिजको आयोजना गरेको हो ।
यस सिरिजमा नेपालले केही नयाँ अनुहारलाई मौका दिएको छ । घरेलु प्रतियोगिता पीएम कपमा उत्कृष्ट प्रर्दशन गरेका नयाँ अनुसार सिरिजका लागि छनोट भएका छन् । जसको प्रर्दशन यस सिरिजको मुख्य आकर्षण रहनेछ ।
कप्तान रोहित पौडेल समेत घरेलु प्रतियोगितामा ब्यस्त रहदाँ सिरिज तयारीका लागि छोटो समय पाएको बताउँछन् । उनले निरन्तर घरेलु प्रतियोगितामा ब्यस्त रहदाँ टिमका सबै खेलाडी फिट रहेको बताए ।
प्रशिक्षक मोन्टी देसाईले नयाँ खेलाडीलाई लिएर आफु सिरिजका लागि उत्साहीत भएको बताउँछन् ।
‘पीएम कपबाट नयाँ खेलाडी आएका छौ । उनीहरुको प्रर्दशनलाई लिएर हामी उत्साहीत छौं । उनीहरुका लागि यो राम्रो अवसर समेत हो ।’ उनले भने ।
पूर्व प्रशिक्षक पुबुदु दासानायकेको नेतृत्वमा नेपाल आएको क्यानडा समेत घरेलु दर्शक अघि उत्कृष्ट प्रर्दशन गर्ने लक्ष्य लिएको छ ।
क्रिकेट हेर्न मैदानसम्म पुग्ने नेपाली फ्यानको प्रतिक्षा दुवै टिमले गरेका छन् । यस सिरिज लगत्तै नेपालले घरेलु मैदानमा डब्लुसीएल लिग टूको म्याचहरु खेल्नेछ ।