रग्वी विकासमा त्रिपक्षीय सम्झौता

काठमाडौं । नेपालमा रग्बी खेलको विकासका लागि ऐतिहासिक त्रिपक्षीय सम्झौता भएको छ ।
देशभरका विद्यालयका विद्यार्थीमा रग्बीको प्रवर्द्धन र विकासका लागि नेपाल विद्यालय खेलकुद महासंघ, इन्टरनेश्नल स्कुल स्पोर्टस् फेडेरेशन आइएसएफ र नेपाल रग्बी एसोसिएसनले त्रिपक्षीय सम्झौतामा हस्ताक्षर गरेका छन् ।
नेपाल विधालय खेलकुद महासंघका अध्यक्ष बिनोद श्रेष्ठ, नेपाल रग्बी एसोसिएसनका अध्यक्ष दीपक देवकोटा, इन्टरनेश्नल स्कुल स्पोर्टस फेडेरेशन आइएसएफका कार्यकारी सदस्य राजकुमार कार्कीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
राष्ट्रिय खेलकूद परिषदको कार्यलयमा भएको हस्ताक्षर समारोहमा राखेप निमित्त सदस्य सचिव प्रकाश कुसारी, संस्थाका पदाधिकारी, उपाध्यक्ष मोहन कुमार कार्की, सचिव सोविन राज रेग्मी, नेपाल रग्बी संघका महासचिव गोविन्द घिमिरे लगायतको उपस्थिती रहेको थियो ।
विद्यार्थीलाई रग्बी तालिम, कोचिङ र प्रतिस्पर्धात्मक अवसरहरूमा पहुँच प्रदान गर्ने उद्देश्य सम्झौतामा उल्लेख गरिएको रग्वी संघले जनाएको छ ।
आइएसएफका कार्यकारी सदस्य राजकुमार कार्कीले साझेदारीप्रति उत्साह व्यक्त गर्दै यस सहकार्यले नेपाली युवाको खेलकुदको क्षितिज विस्तार गर्न महत्वपुर्ण कदम हुने बताए ।
नेपाल रग्बी संघका अध्यक्ष दीपक देवकोटाले रग्बीले नेपालमा युवाको जीवनमा सकारात्मक प्रभाव पार्ने सम्भावनालाई जोड दिए।
समझदारीमा सहयोगी पहल, विद्यालय कार्यक्रम बिडिङ, रग्बी पूर्वाधार विकास, तालिम तथा क्षमता अभिवृद्धि, प्रतियोगिता र स्रोतको उपयोग, प्रतिवेदन तथा मूल्याङ्कन र प्रवर्द्धनात्मक गतिविधिहरु उल्लेख छन् ।